नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सहप्रजाती (सब भेरियन्ट) सक्रिय बन्न थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) का अनुसार कतार, भारत, फिलिपिन्स र डेनमार्क सहित नेपालमा पनि ओमिक्रोनको सब भेरियन्ट ‘बिए २’ सक्रिय बन्न थालेको हो ।
विश्व स्वास्थ्य संगठन कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनका अनुसार ओमिक्रोनको सब भेरियन्ट बिए २ बिए १ जस्तै भएको र बिए २ ले बिए १ लाई उछिन्न थालेपनि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको छैन ।
कोभिड–१९ विरुद्धको खोपले निकै राम्रो काम गरेको उहाँको भनाई छ । डेनमार्क सहितका मुलुकमा ओमिक्रोनको सब भेरियन्ट बिए २ ले बिए १ लाई प्रतिस्थापन गर्न थालेको छ । उहाँका अनुसार यसले विश्वभर प्रतिस्थापन गर्न सक्नेछ ।