रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमा पंगेनी

667

रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमा पंगेनी

रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनी चयन हुनु भएको छ । लामो समयदेखि रेडक्रसमा रहेर समाज सेवामा क्रियाशिल पंगेनीलाई रक्तसञ्चार सेवा केन्द्रको संयोजकको जिम्मेबारी प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेशका आधा भन्दा वढि जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्तसञ्चार सेवा केन्द्र बुटवललाई थप रचनात्मक बनाउनका लागि पंगेनीलाई जिम्मेबारी दिएको हो ।
रक्तसञ्चार सेवा केन्द्र नेपाल रेडक्रससंग आवद्ध संस्था हो । पंगेनी संयोजक चयन भएसंगैको पहिलो वैठकबाट सडक मानवहरुका लागि पुर्ण निःशुल्क (सेवा शुल्क समेत) रगत वितरण गर्ने निर्णय गरिएको बताउनु भयो । रगत व्यवस्थापनमा लाग्ने व्याग, सिरिन्ज लगायतको प्रशासनिक खर्च पुर्ण रुपमा निःशुल्क बनाउने निर्णय गरिएको हो । यो अभियान विस्तारै अन्य समुहलाई पनि गरिने योजना रहेको पंगेनीले बताउनु भयो । उहाँले रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रक्तसञ्चार सेवा केन्द्र व्यवस्थापन समितिको आईतबार बसेको पहिलो वैठकले रक्तसञ्चार उपकेन्द्र भैरहवाको संयोजकमा शुशिल गुरुङलाई चयन गरेको छ ।