सगरमाथा बहुद्देश्यीय सहकारी संस्था लि., बुटवलले स्थापनाको २१ बर्ष प्रवेशको अवसरमा बुटवलस्थित निलकण्ठधाममा रहेको गुरुकुल शिक्षालयलाई किताव राख्ने दराजहरु सहयोग प्रदान गरेको छ ।
बुटवल उपमाहानगरपालिका वडा नं. ९ स्थित धार्मिक स्थल निलकण्ठधाममा सञ्चालित संस्कृत गुरुकुल शिक्षालयमा अध्ययनरत बटुकहरुले प्रयोग गर्ने गरि सहकारीले ६ थान स्टीलका पुस्तक राख्ने दराज प्रदान गरेको हो । सोमवार धाममा आयोजित एक कार्यक्रममा सरकारीका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद पराजुली, सचिव गणेशचन्द्र पाखेरेल, कोषाध्यक्ष कृष्णदेव भण्डारी, संस्थापक अध्यक्ष दिप आचार्य, कार्यक्रम संयोजक विमलराज भट्टराईले धामका उपाध्यक्ष चुरामणी पौडेल र प्राचार्य पं. चेतनारायण आचार्यलाई उक्त स्टिल दराज हस्तान्तरण गर्नु भएको थियो ।
त्यस अवसरमा बोल्दै सहकारी कार्यबहाक अध्यक्ष कृष्णप्रसाद पराजुलीले सामाजिक उत्तरदायित्व निर्वाहा गर्ने क्रममा सहकारीले संस्कृत शिक्षाको संरक्षण र प्रर्वद्धनमा सक्रिय निलकण्ठ धामको गुरुकुललाई सहयोग गरिएको बताउनु भयो । कार्यक्रममा संयोजक विमलराज भट्टराईको सञ्चालन, सचिव कृष्णदेव भण्डारीको स्थागतमा भएको कार्यक्रममा धामका उपाध्यक्ष भिमप्रसाद न्यौपाने लगायत बोल्नु भएको थियो । कार्यक्रममा गुरुकुलमा अध्ययरत बटुकहरुको पनि उपश्थिति रहेको थियो । सो धाममा हाल बिभिन्न जिल्लाका ५१ जना बटुकहरुले अध्ययन गर्दै आएका छन् ।