बुटवलमा अन्तराष्ट्रिय व्यापार मेला शुरु, मेलाले आर्थि गतिविधि चलायमान बनाउने अर्थमन्त्रीको विश्वास

388

बुटवलमा अन्तराष्ट्रिय व्यापार मेला शुरु, मेलाले आर्थि गतिविधि चलायमान बनाउने अर्थमन्त्रीको विश्वास

12399898_10208441029292653_1614072480_oबुटवल,पुस । रुपन्देही व्यापार संघको आयोजनामा आजबाट बुटवलमा लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ ।

“स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलाको आज अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. ४ का सभासद् विष्णु पौडेलले उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्ता मेला तथा महोत्सवले अर्थतन्त्रलाई चलाएमान गराउन सक्ने बताए ।

उनले अहिलेको स्थितीमा मेला आयोजना गर्नु कम चुनौती नभएको भन्दै मेलाले सवल अर्थतन्त्र निर्माणमा टेवा पुग्ने समेत बताए । उनले मेलाबाट स्वदेशी तथा विदेश बस्तुको व्यापार प्रबद्र्धन हुने हुँदा मेलाले अर्थतन्त्रलाई चलाएमान बनाउन मद्दत पुग्ने बताए ।

फरक प्रसंगमा उनले अहिलेको देशको स्थिती छिट्टै अन्त्य हुने बताए । पछिल्लो समय नाकाहरुमा देखिएको सहजताले अब छिट्टै नाकाबन्दी अन्त्य हुने लक्षण भएको भन्दै जनताहरुलाई केही दिन धैर्य गर्न आग्रह गरे । उनले भने–“हामीले कुटनितीक पहल पनि गरेका छौ, केही दिनको प्रयासले अहिले कुनै नाकामा सहज स्थिती पैदा भइसकेको छ, केही दिन धैर्य हुनुस् नाकाबन्दी छिटो अन्त्य हुन्छ ।”

उनले मधेशी मोर्चाका मागहरुलाई बार्तावाट नै टुंगाउने हुँदा बार्ताको टेवलबाट पछाडि नहट्न आग्रह गरे । संविधानमा भएका असन्तुष्टिहरु संशोधनबाट गर्न सकिने कार्य भइसकेकाले अब बार्ताबाटै छिटो निकास निकाल्न सकिने उनले बताए ।उनले भने–“या त बहुमत बाट आफ्नो माग पुरा गर्नुप¥यो या त बार्तामा बस्नुप¥यो ।”

उनले बार्ताबाट नै समस्याको समधान हुने भन्दै अहिले जति मोर्चाका नेताहरु पछाडि हटेपनि बार्ताको विकल्प नभएको बताए । उनले आजको आवश्यकता अनुसार अब विकासको राजनिती अपरिहार्य रहेको भन्दै विकास केन्द्रीत राजनिती गर्नुपर्नेमा समेत जोड दिए ।

त्यस्तै नेपाली काँग्रेसका सभासद् अव्दुल रज्जाकले देशको अवस्थालाई सुल्टाउन सरकार गम्भिर नभएको आरोप लगाए । उनले निकासको बाटो छिटो भन्दा छिटो गर्नुपर्ने भन्दै असन्तुष्ट मागहरु प्नि छलफलबाट बढाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे ।

त्यस्तै नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष राजेन्द्र मल्लले नाकाबन्दी कारण देशमा चरम आर्थिक संकट बढेको बताए । उनले बैंकहरुमा पैसा जम्मा भएपनि खर्च नहुँदा आर्थिक क्षेत्र चलाएमान हुन नसकेको बताए । अहिलेको स्थिती लामो समय सम्म जारी रहेको चेम्बर क्षेत्र धरासयी बन्दै जाने उनको भनाई छ ।

कर्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख धुव्र खड्का, रुपन्देही व्यापार संघका निर्वतमान अध्यक्ष टंक पोखरेल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, कपिलबस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेल, नेपाल पत्रकार महासंंघका अध्यक्ष शेर बहादुर के.सी लगाएतले बोलेका थिए ।

महासचिव डिल्लीराज भण्डारीको सञ्चालन, प्रथम उपाध्यक्ष मोतीलाल पाण्डेको स्वागतमा भएको कार्यक्रमको अध्यक्षता श्रीकृष्ण पोखरेलले गरेका थिए । मेला २१ गतेसम्म चल्नेछ ।