एसईई परीक्षा वैशाख ९ गतेदेखि

1.3K

एसईई परीक्षा वैशाख ९ गतेदेखि

एसईई परीक्षा आगामी बैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको तालिका भने बिहिबार प्रकाशित हुने गोरखापत्र दैनिक र बोर्डको वेबाईडमा प्रकाशन गर्ने बताईएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि बोर्डले एसईई परीक्षाको मिति तय गरेको हो ।
स्थानीय तहको निर्वाचन र एसईई परीक्षा नजुधोस भनेर निर्वाचनको मिति तोकिएपछि परीक्षाको मिति तय गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भएको छ । त्यसैका कारण परीक्षाको मिति तोक्न केही ढिलाई भएको उहाँको भनाई छ ।