स्व. रवि गौतमको स्मृतिमा चौराहा अस्पतालमा रक्तदान

415

स्व. रवि गौतमको स्मृतिमा चौराहा अस्पतालमा रक्तदान

बुटवलको चौराहा अस्पतालमा काम गर्ने स्वर्गीय रवि गौतमको स्मृतिमा रक्तदान गरिएको छ । उक्त अस्पतालमा कार्यरत नवलपरासी रामग्राम निवासी गौतमको २०७७ माघ २८ गते बुटवलको योगिकुटीमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।
उहाँको स्मृतिमा शुक्रबार बुटवल–११ कालिकानगरमा रहेको चौराहा अस्पतालले रक्तदान कार्यक्रम गरेको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी तथा सुभेच्छुकहरु समेत गरि ३० जनाले रक्तदान गरिएको अस्पतालका प्रशासन प्रमुख कमल ज्ञवालीले बताउनु भयो ।
अस्पतालका अध्यक्ष सुदनप्रसाद ज्ञवालीको अध्यक्षता तथा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम अस्पतालका मार्केटिङ अफिसर मुक्ति काफ्लेको सञ्चालनमा भएको थियो ।