गैर आवासीय नेपाली संघ एन आर एन जर्मनीमा विवाद उत्पन्न् भयको छ |’ पहाडे र मधेसी ‘विषयमा उत्पन्न विवादले अहिले एन आर एन जर्मनीमा एकखाले वितृष्णा पैदा भयको हो |संघका युवा संयोजक डा.जय कृष्ण ठाकुरले एन आर एन मधेशको विरुद्धमा उभियको र एन आर एन पहाडे समुदायको सम्पत्ति रहेको बतायपछि विवाद उत्पन्न भयको थियो | संघको आन्तरिक छलफलमा अधिकांस ठाकुरको कुरालाई प्रतिवाद गरेका थिय |
‘तिमीहरु नेपाली होइनौ पहाडे हौ तिमीहरुको गरिमामय सस्था एन आर ऐनलाई आफै संग राख ‘ठाकुरले भनेका छ’एन आर एन भारतीय दुताबासको विरुद्धमा उभियको छ तर मधेशको समस्या र मधेशको माग प्रति बुझ्नको लागि पहल गरेकै छैन |’ ठाकुरले जब एन आर एनले मधेश मुद्धलाइ बुझ्ने पहल गर्दैन भने भारतीय दुतावास अगाडी जानु र मुद्धालाई अन्तरास्ट्रिय करण गर्नु सार्थक नरहेको दावी गरेका छन |
उक्त विवादको क्रममा एन आर एन जर्मनीका सदस्य काजि रानाले ठाकुरलाई प्रश्न तेर्सयाका छन ‘को नेपाली को अरु कस्तो गरिब सोचाई?हामि सबै नेपाली हौ |’ त्यस्तै गरेर एन आर एन जर्मनीका अर्का सदस्यले पनि ठाकुरलाई जवाफ दिदै भारतीय दुताबास जानु नाकाबन्दीको विरोधमा रहेको तर मधेसीको विरोधमा नरहेको र एन आर ऐनमा जातीय कुरा हुनु निकै दुर्भाग्यपूर्ण कुरा रहेको बतायका छन |
डा.ठाकुरलाइ अहिलेको एन आर एन जर्मनीले युवा संयोजकमा चुनेको थियो | उनि विगत लामो समय देखि बर्लिनमा बस्दै आयका छन | नेपाली कांग्रेस निकट जन सम्पर्क समिति संग निकट रहेका ठाकुर ‘ठाकुर अन्तरास्ट्रिय र लगानी लिमिटेड’ का सस्थापक र उम्वेल्ट एण्ड इन्फर्मासी टेक्नोलोजी सेन्त्रुम जर्मनीका सी इ ओ पदमा कार्यरत छन |