कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले थप समय माग्यो

कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले थप समय माग्यो

timthumbकाठमाडौ, पुस.सदस्यताको विवाद मिलाउन नरहरि आचार्य नेतृत्वको छानविन समितिलाई थप पाँच दिनको समय दिएको छ ।महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा बिहीवार विहान बसेको पदाधिकारी बैठकमा छानविन समितिका संयोजक आचार्यले क्रियाशिल सदस्यताको विवाद मिलाउन समय अपुग भएकाले थप केही दिनको समय दिन आग्रह गरेपछि समितिलाई पुस १४ गतेसम्मको समयसिमा दिइएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सेतोपाटीलाई जानकारी दिए । बडुका अनुसार छानविन समितिलाई पुस १४ सम्मको समय दिइए पनि क्रियाशिल विवाद मिलाएर सूची सभापतिलाई सकेसम्म छिटो नै बुझाउन निर्देशन समेत दिइएको छ । बुडले सेतोपाटीसँग भने–‘केन्द्रीय समितिले दिएको डेटलाइन हिजोसम्म हो । तर उहाँहरुले काम सकेका छैनौँ भन्नु भयो । थप चार पाँच दिनको समय आवश्यक पर्छ भनेकाले हामीले पुस १४ भित्रै टुंगाउने गरी समय दिएका छौँ ।’वैठकमा सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले गाउँ, क्षेत्र तथा जिल्लाको अधिवेशन नजिकिएकाले छिटो विवाद सुल्झाउन समितिलाई आग्रह गरेका थिए ।संयोजक आचार्यले गम्भीर खालका सदस्यता विवाद रहेकाले त्यसो टुंगो लगाएर सकेसम्म छिटो अन्तिम सूची तयार परेर बुझाउने जवाफ दिएको बडुले वताए । यसअघि कांग्रेस केन्द्रीय समिति वैठकले आचार्य संयोजक रहेको समितिलाई बुधवारसम्म सदस्यताको विवाद टुंगो लगाएर अन्तिम सूची सभापति कोइरालालाई बुझाउन समयसिमा तोकिदिएको थियो । तर समय अपुग भएको भन्दै समितिले समय सिमाभित्र क्रियाशिल सदस्यताको अन्तिम सूची सभापतिलाई बुझाएन बरु थप समय माग्यो । आचार्यले धेरै विवाद भएका क्रियाशिल सदस्यताबारे अध्ययन गरिरहेकाले अन्तिम टुंगो लगाएर समयसिमाभित्र बुझाउन नसकेको बताए । सभापति सुशील कोइराला निकट आचार्यले केन्द्रीय समितिमा पेश गरेको क्रियाशिल सदस्यता विवरणप्रति संस्थापन पक्षकै नेताहरुले एकलौटीरुपमा सदस्यता दिएको भन्दखै चर्को आलोचना गरेका थिए भने बरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर नेताहरुले भने आचार्यले ल्याएको शियाशिल सदस्यको सूची नै पारित गर्नु पर्नेमा जोड दिएका थिए ।क्रियाशिल सदस्यता बारेको विवादले चर्कोरुप लिएपछि केन्द्रीय समितिले छानविन समितिलाई नै तीन दिन भित्र थप हेरफेर गरेर सभापतिलाई सिधै अन्तिम सूची बुझाउन निर्देशन दिएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •