ग्रामिण बालबालिकालाई महिनावारी (रजश्वला) हुँदा सेनिटरी प्याडको प्रयोगबारे प्रशिक्षण गरिएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको भलवारी जेसीजले स्वास्थ्य जनचेतनाको लागि उक्त कार्यक्रम गरिएको अध्यक्ष किशोर पंगेनीले बताउनु भयो ।
भलवारी जेसीजले विद्यालयसंग हातेमालो कार्यक्रम अन्तरगत ग्रामिण क्षेत्रमा रहेको सेमरा माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई महिनावारी (रजस्वला) सम्बन्धि जानकारी सहित सेनिटरी प्याड र विद्यालय पोशाक वितरण गरेको हो ।
कार्यक्रम संयोजक मिन बरालका अनुसार यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेजकी प्रध्यापक गीता न्यौपानेले महिनावारी, प्याडको प्रायोग लगायतका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश भण्डारी, प्रधानाध्यापक खिमराज पाण्डेले जनचेतनाको पहुँच भन्दा बाहिर हुने ग्रामिण बालबालिकालाई महत्वपूर्ण र अत्यावश्यक विषयमा प्रशिक्षण गरेर स्रहानीय काम गरेको भनाई राख्नुभयो ।