ओली मन्त्रीमण्डलमा फेरि थपिए चार मन्त्री,एक पछि अर्को रेकड कायम

1.3K

ओली मन्त्रीमण्डलमा फेरि थपिए चार मन्त्री,एक पछि अर्को रेकड कायम

New-Minister (1)पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका छन् । यससँगै मन्त्रिपरिषद ३४ सदस्यीय भएको छ ।

राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् ।

बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।

राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा विहीबार साँझ मन्त्रीहरुलाई सपथ गराएकी छन् ।

राज्यमन्त्रीको सपथ रोकियो

एमालेबाट चार राज्यमन्त्रीलाई समेत सपथ गराउने प्रधानमन्त्री ओलीको तयारी भने अन्तिम समयमा रोकिएको छ ।

राज्यमन्त्रीका लागि एमालेबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव र गोपालबहादुर महतको नाम तय भएको थियो । तर, नरदेवी पुन, दिपनारायण साहको समेत नाम आएपछि विवाद भएका कारण राज्यमन्त्रीहरुको सपथ रोकिएको हो ।

रोकिएको सपथ शुक्रबार हुने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।