तिलोत्तमा निर्माण भैरहेको चक्रपथको आज (शनिवार) गृह मन्त्री बालकृष्ण खाँण द्वारा सिलन्यास भएको छ । गृह मन्त्री बालकृष्ण खाँणको पहलमा यस चक्रपथ निर्माणको लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याउनु भएको थियो ।
मन्त्री खाणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकास मा कन्जुस्याइँ नगरिने बताउनु भयो। चक्रपथ निर्माण कार्यमा आफुले सरकारको तर्फबाट बजेटको कमि हुन नदिने समेत गृह मन्त्रीले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
बाटो निर्माणका क्रममा कुनै समाग्रीको कमि भएमा वा सामाग्री चाहिए वा आवश्यक परेको खण्डमा आफुलाई तुरुन्त खबर गर्न समेत उहाँले आग्रह गर्नु भयो । तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ निर्माण पछि देशभरका स्थानीय तह मध्ये तिलोत्तमा चक्रपथ पहिलो हुने छ ।
यो चक्रपथमा तिलोत्तमा नगरपालिका ,सियारि गाउँपालिका ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका ,देवदह नगरपालिका ,रोहिणि गाउँपालिकाको मध्यभागमा पर्ने छ । यस चक्रपथको वजेटको लागि नेपाल सरकार बाट मात्र नभई वैदेशिक दातृनिकाय संग सहयोगको लागि पहल गर्ने बताउनु भयोे। जसमा नालि बनाउने, बाटो सम्माउने काम, गीट्टी हाल्ने काम भैरहेको छ ।बांकी रहेकोमा बाटोको स्ट्रक्चर तयार पारि नाला ह्युम्पाईप राख्ने बाटो सम्माउने काम हुनेछ । आयोजना पुरा भएपछि राष्ट्रिय गौरवका रुपमा चक्रपथ निर्माण हुने छ ।
लुम्विनिको लागि छोटो र वाईपास रोड हुने छ यस का साथै यो क्षेत्रको विकासको लागि तिलोत्तमा चक्र पथ निर्माण सम्पन्न संगसगै यस भेगका होटल व्यावसायिहरु फस्टाउने छन।