थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या शून्य

1.3K

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २५१ कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।