सरस्वती मा.वि.का विधार्थीलाई ट्रेकसुट वितरण

182

सरस्वती मा.वि.का विधार्थीलाई ट्रेकसुट वितरण

रंजीत शर्मा , नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ पर्ने सरस्वती माध्यमिक विद्यालयका ३ सय ६५ जना विधार्थीलाई ट्रेकसुट वितरण गरिएको छ । रामग्राम नगरपालिकाका वडा न.१२ कार्यालयको आयोजनामा वडा अध्यक्ष स्तरिय ट्रेकसुट वितरण कार्यक्रम–२०७८ अन्तर्गत सरस्वती मा.वि.का ३ सय ६५ जना बिधार्थीहरुलाई वितरण गरिएको हो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमूख नरेन्द्र कुमार गुप्ताले रामग्राम नगरपालिका बाल मैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको बताउँदै यस नगर भित्रका सबै बालबालिकाको अधिकार सुनश्चित गरेको संदेश दिन यस्ता कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा रामग्राम नगरपालिका वार्ड नं १२ का वडा अध्यक्ष भगवन्तलाल गुप्ताले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन तथा विधार्थीहरु अध्ययनमा रुचि राख्ने प्रवृति बढाउन यस्ता कार्यक्रम गरिएको बताउँदै यसबाट रामग्राम नगरपालिकालाई बाल मैत्री स्थानीय शासनमा थप सहयोग गर्ने र सबै बालबालिकाको अधिकार सुनश्चित गरेको संदेश दिएको बताउनु भयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य रोशन साह,वार्ड सदस्य रामानन्द यादव,सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरी,रामग्राम जेसिस–२०२२ का अध्यक्ष अनिल कुमार उपाध्याय, अधिवक्ता दिनेश पाण्डे ,पत्रकार ज्ञानेश्वर साहनी,विनोद निगम लगायतको उपस्थिति रहेको थियो।