बुटवल, पुस १० –पुस ११ गते रुपन्देहीमा पुन तेल बितरण हुने भएकाे छ । रुपन्देहीका जिल्लाका २० डिपाेबाट बिहान ११ बजेदेखि पेट्राेल बितरण हुँदैछ । यसअघि मंसिर १८ गते शुक्रबार पेट्राेल बितरण भएकाे थियाे । जिल्ला प्रशासन कार्यालयले अाज तेल पाइने सूचि प्रकाशित गरेकाे छ ।माेटरसाइकललाइ रु ५०० र कार र ट्याक्सीका लागि १२०० काे तेल पाइने छ । तेल भर्नका लागि ब्लुबुक,लाइसेन्स सहित पायक पर्ने डिपाेमा पुग्नुहाेला ।