थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

119

थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको र १८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।