रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा मानसिक रोग सम्बन्धि प्रशिक्षण

1.3K

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा मानसिक रोग सम्बन्धि प्रशिक्षण

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा मानसिक रोग सम्बन्धि जानकारीमूलक प्रशिक्षण गरिएको छ । शनिबार बिहान बुटवलमा आयोजित रोटरी रोट्रयाक्टको संयुक्त नियमित बैठकमा क्लवका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण गरिएको हो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. मनोज ढंगानाले मानसिक रोगका प्रकार, मानसिक रोग कसरी हुन्छ, त्यसले स्वयम व्यक्ति र समाजलाई कस्तो प्रभाव पार्छ, कसरी निदान गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
बैठकले आगामी चैत ४ गते होलिमिलन कार्यक्रम र क्लवले होलीको अवसरमा गर्दै आएको विद्यालय रंगरोगन कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । क्लवले यो वर्ष तिलोत्तमा नगरपालिका वडा नं. ८ चारनम्बरमा रहेको ज्योती आधारभूत विद्यालयलाई ‘विद्यालय रंगरोगन’ कार्यक्रममा छनौट गरेको छ । त्यस्तै क्लवले गर्ने स्वास्थ्य शिविसको विषयमा पनि छलफल भएको थियो । यद्यपी स्थान र मिति भने तय गरिएको छैन । मातृसंस्था रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही र त्यसका भगिनी तीन वटै रोट्रयाक्ट क्लवले संयुक्त रुपमा स्वास्थ्य शिबिर गर्ने आगामी बैठकमा त्यसबारेमा थप निर्णय लिईने अध्यक्ष चापागाईले बताउनु भयो ।