पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरबाट ६ हजार ९ सय ४७ जनामा नमुना परीक्षण गरिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार तीन सय ६ जनामा पिसिआर परीक्षण गर्दा ५९ जना र एक हजार ६ सय ४१ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा एक सय ९२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।