कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चितताको लागि रुपन्देहीमा ‘खोज र खोप अभियान’

213

कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चितताको लागि रुपन्देहीमा ‘खोज र खोप अभियान’

रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाउन जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ । रुपन्देही जिल्लामा हालसम्म १२ वर्ष माथिका ८ लाख ३५ हजार ७९० जनसंख्या मध्ये ९९ प्रतिशतलाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिईसकिएको छ । त्यस्तै सोही उमेर समुहको ९३ प्रतिशतलाई दोस्रो मात्राको खोप पनि दिईएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी गराउनु भयो ।
रुपन्देहीमा १६ स्थानीय तह छन् । त्यस्तै १२ वर्ष माथिको जनसंख्या ८ लाख ३५ हजार ७९० छ । त्यसमध्ये ८ लाख २ हजारलाई दोस्रो मात्रा खोप दिईसकिएको खोप अधिकृत शर्माले बताउनु भयो ।
१६ स्थानीय तह मध्ये तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र मर्चवारी गाउँपालिकामा १२ वर्षभन्दा माथीका सबैलाई पहिलो र दोस्रो मात्रा खोप दिईएको छ । बाँकी १३ स्थानीय तहमा पनि १२ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप सुनिश्चितता गर्नको लागि जिल्ला स्वास्थ्य कार्यालयले ‘खोज र खोप अभियान’ अन्तरगत घरभेट कार्यक्रम सञ्चालन गरेको छ ।
चैत महिना भित्रै रुपन्देहीलाई कोरोना बिरुद्धको पूर्ण खोप सुनिश्चितताको लक्ष लिईएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताउनु भयो । सोही अनुसार कार्यालयले ‘खोज र खोप अभियान’ सञ्चालन गरेको हो ।