बुटवलमा जीपी कोईराला स्मृति रनिङशिल्ड महिला भलिवल प्रतियोगिता शुरु

1.3K

बुटवलमा जीपी कोईराला स्मृति रनिङशिल्ड महिला भलिवल प्रतियोगिता शुरु

बुटवलमा जीपी कोईरालाला स्मृति रनिङशिल्ड महिला भलिवल प्रतियोगिता शुरु भएको छ । जीपी कोईरालाको १२ स्मृति दिवसको अवसरमा जीपी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा नवौं संस्करणको जीपी कोईरालाला स्मृति रनिङशिल्ड महिला भलिवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा रुपन्देहीका बिभिन्न विद्यालयका ११ टिम सहभागि भएका छन् ।
बुटवको सुख्खानगरमा रहेको एभरेष्ट बोर्डिङ् स्कुलको प्राङ्गढमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रेफ्रि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य समेत रहेका अर्जुन घिमिरेलाई बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै काँग्रेस रुपन्देहीका सभापति खाँणले खेल स्वास्थ्य र सम्बन्धको लागि पनि उत्तिकै महत्वपूर्ण भएको बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति हरि लम्साल, महासमिति सदस्य गंगा शाही, जीपि फाउण्डेशन रुपन्देहीका अध्यक्ष तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठको स्वागत तथा महासचिव परमानन्द भट्टराईको सञ्चालनमा भएको थियो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई ७ हजार, तृतीय हुने टिमलाई ५ हजार र सान्त्वना हुने टिमलाई २ हजार पाँच सय रुपैंया नगद पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा साविक विजेता एभरेष्ट बोडिङ सहित होराईजन, नवज्योती, दीप बोडिङ, कान्ति माध्यमिक विद्यालय, नयाँगाउँ माध्यमिक विद्यालय, सेन्ट जोसेफ, कुवँरवर्ती, शान्ति नमुना माध्यमिक विद्यालय, सिद्देश्वर माध्यमिक विद्यालय र न्यू लुम्बिनी बोर्डिङ प्रतिस्पर्धामा छन् । प्रतियोगिता आईतबार समापन हुनेछ ।