जीपी कोईराला स्मृति रनिङ शिल्ड महिला भलिवलको उपाधि पुनः एभरेष्टलाई

175

जीपी कोईराला स्मृति रनिङ शिल्ड महिला भलिवलको उपाधि पुनः एभरेष्टलाई


जीपी कोईराला स्मृति रनिङशिल्ड महिला भलिवल प्रतियोगिताको उपाधि साविक विजेता एभरेष्ट बोडिङ्ले हात पारेको छ । जीपी कोईरालाको १२ स्मृति दिवसको अवसरमा जीपी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको नवौं संस्कृरणको उक्त प्रतियोगिताको उपाधिका लागि भएको प्रतिस्पर्धामा न्यू हाेराईजनलाई हराउँदै उपाधि एभरेष्टले हात पारेको हो । अघिल्लो वर्ष भएको ८ औं संस्करणको प्रतियोगितामा पनि एभरेष्टले उपाधि उचालेको थियो ।
उपाधिसंगै एभरेष्टको टिमले १० हजार नगद पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि विजेता एभरेष्टसंग हार व्यहोरेको न्यू हाेराईजन द्वितीय भएको छ । उसले ७ हजार नगद पुरस्कार सहित शिल्ड ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तैगरी प्रतियोगितामा कान्ति माध्यमिक विद्यालय तृतीय र नयाँगाउँ माध्यमिक विद्यालय सान्त्वना भएकाे प्रतियाेगिताका संयाेजक तथा प्रतिष्ठानका महासचिव परमानन्द भट्टराईले बताउनु भयाे। तृतीय हुने कान्ति मावि र सान्त्वना हुने नयाँगाउँ माविलाई क्रमश ५ हजार र २ हजार ५ सय रुपैंया नगद पुरस्कार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे छ।
प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीकाे अध्यक्षतामा भएकाे प्रतियोगिताकाे समापन कार्यक्रममा नेपाली काँग्रेसकी महासमिति सदस्य बालकुमारी भण्डारीले विजेता टिमलाई पुरस्कार प्रदान गर्नुभएकाे हाे ।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता एभरेष्ट बोडिङ सहित होराईजन, नवज्योती, दीप बोडिङ, कान्ति माध्यमिक विद्यालय, नयाँगाउँ माध्यमिक विद्यालय, सेन्ट जोसेफ, कुवँरवर्ती, शान्ति नमुना माध्यमिक विद्यालय, सिद्देश्वर माध्यमिक विद्यालय र न्यू लुम्बिनी बोर्डिङ गरि ११ विद्यालय सहभागि भएका थिए ।