फिफा अन्तर्राष्ट्रिय फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दै

44

फिफा अन्तर्राष्ट्रिय फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दै

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूणर् फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबरीमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा रहेका छन् ।