पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ५ हजार २ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार अहिले देशभर २२१९ जना सक्रिय संक्रमित रहेका छन् भने ८३२५३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।