थप २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ जना संक्रमणमुक्त

1.3K

थप २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभरमा १५५८ जना सक्रिय संक्रमित रहेका छन् ।