नारी सहकारीमा महिला स्वास्थ्य शिविर

1.3K

नारी सहकारीमा महिला स्वास्थ्य शिविर

बुटवलमा महिलाहरुले सञ्चालन गरेको नारी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । महिला स्वास्थ्य परीक्षण शिबिरको आयोजना गरि शेयर सदस्यहरुको स्वास्यथ्य परीक्षण गरिएको हो ।
बुटवलको मौलाकाली फार्मेसीमा सञ्चालन गरिएको शिविरमा ४० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुको महिला तथा प्रसुती रोग विशेषज्ञ डा. ज्योती रानाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष गंगा गुरुङले सदस्यहरुको हितको लागि स्वास्थ्य शिविर गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
त्यस्तैगरी महिला तथा प्रसुती रोग विशेषज्ञ डा ज्योती रानाले महिलाहरुले नेतृत्व गरेको सहकारीले राम्रो काम गरेकोमा खुसी लागेको बताउनु भयो । उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाकी सदस्य सीता एसिको स्वागत र व्यवस्थापक प्रमिला जिसीको सञ्चालनमा भएको थियो ।
त्यसै अवसरमा संस्थाले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको थियो ।