नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

62

नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूणर् खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो ।
नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूणर् खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।