अधक्ष्य शेष घले लाइ विवादका बीच एन आर एन बेल्जियमले ‘भेटघाट’कार्यक्रम गर्दै

1.3K

अधक्ष्य शेष घले लाइ विवादका बीच एन आर एन बेल्जियमले ‘भेटघाट’कार्यक्रम  गर्दै

ब्रसेल्स/बेल्जियम
पुष १०

गैर आवासीय नेपाली संघ बेल्जियमको आज विवादका विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुन् गैरहेको छ |एन आर एन अधक्ष्य शेष घले र अन्य केन्द्रिय प्रतिनिधि बीच हुन् गैरहेको उक्त कार्यक्रममा अधिकांस एन आर एन पदाधिकारी तथा बेल्जियमका केन्द्रिय सदस्यहरुको उपस्थिति नरहने निश्चित छ |

केहि दिन अघि यूरोप भ्रमणको क्रममा अधक्ष्य शेष घले बेजियम आइपुगेका थिय | व्यक्तिगत भ्रमणको सिलसिलामा बेल्जियम आइपुगेका घलेलाई यहास्थित जनजाती समर्थक एन आर एन हरुले स्वागत तथा भेटघाट गरेका थिय | त्यतिबेला सम्म एन आर एन बेल्जियमका अधक्ष्य गंगाधर गौतमलाई समेत पत्तो रहेको थियन | आफुलाई कुनै सूचना नभयपछि गौतमले आफ्नो पुर्ब निर्धारित कार्यक्रम बमोजिम जान सम्पर्क समिति नर्बे को कार्यक्रममा भाग लिन उता गयका थिय |

स्रोतका अनुसार अधक्ष्य घले बेल्जियममा ब्यबसाय सुरु गर्ने उधेस्यले यहा आयका थिय | ब्यबसायमा नेपाली ब्यबसायिक संघ बेल्जियमका नवनिर्वाचित अधक्ष्य सी पी भट्ट ,तमु समाजका युबराज गुरुङ लगायतको लगानी रहने बुझियको छ |

चौतर्फी दबाब आयपछी गौतमले उपाधक्ष्य कृष्ण पौडेललाई कार्यक्रमको तय गर्न निर्देशन दियको बुझियको छ | सोहि अनुरुप पौडेलले गत राती सबैलाई समुहगत सूचना जारि गरेका थिय | सूचना जारि गरे लगत्तै एन आर एन बेल्जियममा रहेका पदाधिकारी तथा सदस्यहरुले असुन्तुस्टी ब्यक्त गरेका छन | उनीहरु कार्यक्रममा उपस्थिति नहुने तथा यो प्रक्रिया गलत रहेको जनाउ दियका छन | ‘ समय छोटो भयको र अपर्झट कार्यक्रम आयोजना भयको हुदा आफुहरु उपस्थित हुन् सकिदैन ‘अधिकांसले भनेका छन ‘केन्द्र बाट व्यक्तिगत भ्रमणको लागि आयका घलेको प्रत्येक दिन भोज भतेर गर्ने फुर्सद र परम्परा बुझ्न गार्हो भयो |’

त्यस्तै समुहगत छलफलमा उपाधक्ष्य कृष्ण पौडेललाई जिम्मेवारी दियापछी अर्का उपाधक्ष्य पदम गुरुंगले असन्तुस्ट ब्यक्त गरेको पाइयको छ | आफु निर्वाचित उपाधक्ष्य भयको र सोहि अनुरुप कार्य गरिरहेको दावी उनको छ | तर उनको कुरालाई प्रतिवाद गर्दै अन्यले भनेका छन ‘चुनाव लड्ने बेला सम्म समुहगत रहने जितेपछि विवाद झिक्ने मान्य हुदैन |’

एन आर एन बेल्जियममा देखियको यो असन्तुस्टी भोलि गयर विवादमा नजाला भन्न सकिदैन | सबैले छलफल गरेर कमीकमजोरी केलायर अगाडी बढ्न नसकेको खण्डमा एन आर एन बेल्जियममा समुहगत द्वन्द बढ्नेमा दुइमत देखिदैन | बेलैमा सचेत हुने कि !