चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङसहितका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले यही चैत १८, २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा सबै विषयमा गरेर ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । आयोगले सबै परीक्षा केन्द्र काठमाडौं उपत्यकामा राखेको थियो । आयोगले म्याचिङ सूचना पछि प्रकाशित गर्ने जनाएको छ ।