मगर समुदायले रिझाए बाजेबजै

470

मगर समुदायले रिझाए बाजेबजै

magar-sang-butwal

लक्ष्मण राना

बुटवल,पुस । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिले शुक्रबार बुटवलमा पितृ(बाजे–बज्यै) पुजा सम्पन्न गरेको छ । सदाझैं मंसिर पूर्णिमाको दिन संघले पितृ पुजा गरेको हो । बुटवल ९ दिपनगर स्थित बाजेबज्यै थानमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघ एंव नेपाल आदिवासि जनजाती महासंघ रुपन्देहीका पूर्व अध्यक्ष होम बहादुर गलामीले मगर सस्कृतिको संरक्षणका लागि एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले मगरहरुको भाषा, सस्कृति र परम्परा लोप हुँदै गएको भन्दै संरक्षणका लागि युवा पुस्तामा समेत सचेतनाको आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी गोपाल राना, नेपाल विद्यार्थी संघका नेता प्रकाश राना, महिला नेतृ कमला थापा, इञ्जिनियर एंव संघका सल्लाहाकार गमप्रसाद रेस्मी मगर लगायतले बोल्दै भाषा सस्कृतिको संरक्षणमा जुट्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा वडा स्तरीय सांस्कृतिक कार्यक्रम पनि राखिएको सचिव रानाले बताउंनुभयो । कार्यक्रम बुटवल नगर अध्यक्ष गोपाल चौहान मगरको अध्यक्षता , उपाध्यक्ष ओमी पुसन मगरको स्वागत एंव सचिव मनोज रानाको सञ्चालन सम्पन्न भएको थियो ।
यस्तै रुपन्देहीको बुटवलमा पनि राई समुदायले उभौली उधौली पर्व धुमधामका साथ मनाएका छन् । मंसिर पूर्णिमाका दिन राईहरुले यो पर्व मनाउंने प्रचलन छ । किरात राज्य चाचोख्खा जिल्ला समिति रुपन्देहीको आयोजनामा रुपन्देहीका राईहरु भेला भई सामुहिक रुपमा उभौली उधौली पर्व मनाएका हुन ।