शनिवारीय विशेष साहित्य ,कथा ‘धरहरा प्रेम’: कृष्ण बजगाईं

1K

शनिवारीय विशेष साहित्य  ,कथा ‘धरहरा प्रेम’: कृष्ण बजगाईं

फुंग उडेको कंक्रिटको जंगल पृष्ठ भागमा छ । अग्रभागमा मुसुक्क हाासेको ‘सेल्फी’ । बैशाख १२, २०७२ विहान ठीक ११:५० को समयमा फोटो फेसबुकमा पोस्ट गरी । र लेखी– ‘म धरहराको सातौं तलामा छु ।’ बैशाखी हावामा उसका केश राशी नृत्यरत थिए । साधै मुस्कुराई रहने उसको मुहार त्यो सेल्फीमा पनि उस्तै जादुयी मुस्कान छरिरहेको थियो ।
फोटो हेरेर दंग पर्यो अनुप । आफू त्यहाा भएको बेला त्यो सुन्दर मुहारलाई ढाकेको केश पन्छाइदिएको सम्झियो । तर अहिले के गर्नू ? हजारौं माईल टाढा छ । पटक पटक त्यो फोटोलाई हेर्याे । इनलार्ज गरेर झन् निकै बेर हेरिरह्यो । अन्तमा मुसुक्क हाास्यो ।
पहिलो पटक त्यही धराहरामा मीरासाग माथि चढदा हात र साथ दिएको थियो । धरहराको खुट्किलामा पाइला माथि माथि बढदै जाादा समाएका हातहरु कस्सिदै गएका थिए । माथिल्लो तलामा पुग्दा नपुग्दै अंगालोमा कसिएका थिए । हो त्यही धरहरा हो जहााबाट उनीहरुले प्रेमको पहिलो खुड्किलो चढेका थिए ।
बिगतबाट तुरुन्त बर्तमानमा फर्कियो । काममा जान उसलाई ढिला भैसकेको थियो । ब्रस गर्ने, सेभिङ गर्ने र बाथ लिने काम पुरै बााकि थियो । बेकफाष्ट ट्रेनमा खाादै जानु पर्ने हो कि कोठामै खानु पर्ने हो उसले समयको अनुमान गर्न सकेन ।
फेसबुकमा मुस्कुराई रहेकी मीराको फोटोमा लाइक गर्यो । र ‘इन्ज्वाई योर सेल्फ’ भनेर मोबाइल फोनबाटै कमेन्ट लेख्यो । अनि आगो निभाउन दौडेको बारुण यन्त्रको गतिमा बाथरुम तिर दौडियो ।
सााच्चै बाथरुमबाट निस्कदा ढिला नै भइ सकेको थियो । रवाफको खोल ओढ्यो । अर्थात टाइसुट कस्यो । नकसेर पनि हुादैन । अफिसको ड्रेस कोड मान्नै पर्यो । लामालामा फड्काले ट्रेन स्टेशन ताक्यो ।
करिब दश मिनेटमा ‘स्वीस कटेज’ ट्रेन स्टेशन पुग्यो । ट्रेन आउन करिब नौं मिनेट बााकी थियो । स्टेशन भित्रको क्याफेमा लाईन लाग्यो । र ‘क्याफे लाते’ अर्डर गर्यो । बिहानको अति ब्यस्त समयमा मेसिनको गतिमा काम गरिरहेका क्याफेका कर्मचारीले छिनमै कफि बनाएर दिए । पैसा तिरेर निस्कदा ट्रेन आउन तीन मिनेट बााकी थियो । हतार हतार प्लेटफर्म नं. चारमा पुग्यो । एक घुटकी कफी सुरुप्प पार्यो । र सन्तोषको लामो सास फेर्यो ।
ट्रेन प्लेटफर्ममा रोकिएपछि फेरी लाइन लाग्यो । र ट्रेन भित्र छिर्यो । बिहान अफिस जाने समयको ट्रेनमा सिट पाउने कुरै छैन । एउटा हातमा कफिको कप समातेको थियो । अर्को हातले घरि ट्रेनको भित्ता त घरी सिटमा समातेर आफूलाई सम्हाली रह्यो । कफिको कप मुखसम्म ल्याउन अनुकुल मिलिरहेकोको थिएन । गफीको गमक त्यसै हावामा बिलाएर जाादै थियो । ट्रेन बल्ल ‘वेस्टमिनिस्टर’ स्टेशनमा आएपछि अलिक खाली भयो । तर बस्ने सिट अझै खाली थिएन । यसैबीच कफी घुट्कायो ।
मोबाइल फोन खल्तीबाट झिकेर फेसबुक लगिन गर्न खोज्यो । अहा भएन । जमिनमुनी चल्ने ट्रेनमा इन्टरनेटको नेटवर्क हुादैन भन्ने कुरा भुसुक्कै बिर्से छ । नेटवर्क नहुनाले फेसबुकमा मीराले राखेको फोटो हेर्न सकेन । ‘क्यानेरी वर्फ’ स्टेशनमा उत्रेपछि हेरौंला भनेर मोबाइल फोन कोटको खल्ती मै राख्यो । स्टेशन आएपिच्छे चढ्ने भन्दा उत्रने बढी भएका कारणले भिड कम हुादै गयो । ‘लन्डन ब्रिज’ स्टेशनमा पुगेपछि बल्ल सिट पायो । र बस्यो ।
करिब तीनचार मिनेटको ट्रेन यात्रा पछिको तेस्रो स्टेशन उसको गन्तब्य । बसी नसक्दै उत्रने बेला भइ हाल्यो । क्यानेरी वर्फ स्टेशनमा ट्रेन रोकिएपछि उत्रियो । भीडलाई छिचोल्दै स्टेशन बाहिर निस्कियो । घडि हेर्यो । अहो दश मिनेट काममा ढिला भइसकेको थियो । मोबाइल फोन हातमा बोकेर बिना शंकोच दौडियो । उ जस्ता अरु पनि दौडिदै थिए । काममा ढिलो भएपछि सुट लगाएर टाइ हल्लाउादै दौडिनु लन्डनमा सामान्य हो । न दौडेर पनि के गर्नू ? नेपाल जस्तो हैन, काममा समयमा पुगेन भने कुनदिन जागिर चट् हुने हो थाहा हुन्न ।
उसको दौड अफिसको लिफ्ट अगाडि पुगेर रोकियो । त्यहाा अरु पनि लिफ्टको प्रतिक्षामा थिए । छिटछिटो बढी रहेको सासलाई नियन्त्रण गर्ने प्रयास गर्यो । लिफ्ट आएपछि उन्नाइसौं तलाको बटन थिच्यो । अफिस लाग्ने बिहानको अति ब्यस्त समय भएकोले बिभिन्न तलामा लिफ्टबाट मानिसहरु भित्रिदै बाहिरिदै थिए । उन्नाईसौं तलामा पुग्दा बढेको सास नियन्त्रित भैसकेको थियो ।
लिफ्टबाट बाहिर निस्केपछि देब्र मोडियो । देब्रेपट्टी उसले काम गर्ने बहुराष्ट्रिय कम्पनीको अफिस । दाहिने पट्टिको भागमा अर्कै कम्पनी छ ।
काममा करिब पन्ध मिनेट ढिला भईसकेको थियो । उ ढीला भएको कुरा कम भन्दा कमले थाहा पाउन भनेर बिरालाको चालमा कसैलाई ‘गुड मर्निङ’ नभनिकन लुसुक्क छिर्दै थियो । ‘तिमी कहाा थियौं ? तिमीलाई खोजि राखेको’ भन्दै अरु सहकर्मीहरुले उसलाई घेरे । उ डरले थरर भयो । आजका दिनदेखि जागिर पक्का चट् हुने ठान्यो । भिजेको मुसो जस्तो भएर ‘सरी आइएम् लेट’ भन्यो ।
‘नेपालमा तिम्रो परिवार ठिक छन् ? कुनै धनजनको क्षति भएको केही खबर थाहा पायौ ?’ यस्ता प्रश्नहरुका वर्षा भयो । यसरी प्रश्न सोध्नेहरुमा अरुबेला उसाग गम्केर बस्नेहरु पनि थिए । उ अलमल्ल पर्यो ।
‘नेपालमा भर्खरै ठूलो भूकम्प गएको थाहा पाएनौ ? धेरै घरहरु भत्केका छन् । धरहरा टावर ढलेको खबर सुनेका छैनौ ?’ पछिल्लो सूचनाले उ डरायो । तर धरहरा ढलेको कुरा चाहीा पत्याइहाल्न सकेन ।
उसको मेनेजरले ‘नो वरी, फस्ट कन्ट्याक्ट योर फेमेली’ भन्यो । बोसले यति भनेपछि ढुक्क भयो र बाहिर निस्कियो । सबै भन्दा पहिले मीराको मोबाइल फोनमा सम्पर्क गर्यो । अहा लागेन । पटक पटक, दर्जनौं पटक नम्बर डायल गर्यो अहा लागेन । आत्तियो उ । त्यसपछि घरपरिवार, चिनजानका अन्य साथीभाइको नम्बर डायल गर्यो । अहा कसैको नम्बरमा लागेन । त्यसपछि उसले ठान्यो धरहरा टावर होइन टेलिफोन टावर चाहीा ढलेको पक्का हो । त्यसले भन्न गल्ती गर्यो या आफूले सुन्न गल्ती गर्यो । उसले सम्झन सकेन ।
हत्तनपत्त फेसबुक लगिन गर्यो । आम्मै ! भुकम्पका विभत्स दृष्यका फोटा देखेर मुटु काम्यो । नौ तले धरहरा फेदबाटै ठनक्कै भााचिएर भूईंमा पछारिएको पत्याउनै सकेन । उ आत्तिएर मीराको प्रोफाईलमा गएर हेर्यो । उसका साथी र केही आफन्तले गरेको कमेन्ट र लाईक थियो । अहा कसैको जवाफ फर्काएकी थिइन । उ झन् हतास भयो ।
मीराको मात्र हैन उसाग भएका नेपालका अन्य ब्यक्तिहरुको टेलिफोनमा फेरी सम्पर्क गर्न खोज्यो मरि गए फोन लागेन । भाउन्न जस्तो भएर आयो । यस्तो विषम परिस्थितिमा काम गर्ने मुड भएन । मेनेजरलाई भनेर अपार्टमेन्ट फर्कने विचार गर्यो ।
फोन सम्पर्क नभएको कुरा बतायो । उसको तनाव र हतास मनस्थिति मेनेजरले पढीसके छ । मेनेजर दयालु देखियो । काममा छुट्टी पायो ।
तुरुन्तै लिफ्टबाट तल आयो । ट्रेन स्टेशन नपुगुञ्जेलसम्म बाटामा कैयौं पटक फोन लगायो । पटक्कै लागेन । रिसले बोकि राखेको मोबाइल घुाइक्याउन मन लाग्यो । त्यसो गरेर पनि नहुने । नेपालमा फोन नलाग्नु मोबाइल सेटको दोष थिएन ।
स्टेशनमा पुग्ने बित्तिकै ट्रेन आइ हाल्यो । ट्रेन खाली थियो । भारी मन लिएर थचक्क सिटमा बस्यो । छेउछाउका मानिसहरु नेपालमा भर्खरै गएको भूकम्पको कुरा गर्दै थिए ।
तन लन्डनमा भए पनि उसको मन नेपाल पुग्यो । धरहरा चढ्न गएकी मीरा उत्रन भ्याई कि भ्याईन ? हे भगवान त्यसलाई केही नहोस् । मन मनै प्रार्थना गर्यो ।
० ० ०
मीराको धरहरा प्रेम अनौठो थियो । धरहरा कति चढेर पनि अघाएकि थिइन । अनुप आफै पनि मीरासाग दशौं पटक धरहरा माथि चढेको थियो । हरेक पटकको चढाईमा सफलताको उडान भरे जस्तो लाग्दछ भन्थी ।
चौध पन्ध्र वर्षको उमेरमा मीरा हलक्क बढेर उसागैका केटी भन्दा अग्ली भईछे । उसको उचाई देखेर हजुरआमाले भन्नु हुन्थ्यो रे ‘धरहरा जत्रै भइसकी !’ भोजपुरको माथिल्लो भेगकी ग्रामीण बालालाई के थाहा धरहरा भनेको ? कत्रो हुन्छ ? कस्तो हुन्छ ? उसको जिज्ञाशाको समाधान हजुरआमाले नै गरिदिएपछि धरहरा प्रति उसको आकर्षण बढ्यो ।
एसएलसी पास गरेपछि कलेज पढ्न धरहरा प्रेमको कारण काठमाण्डौं जाने भई । बाबुआमाको बिरोध उसको जिद्दीका अगाडि केही लागेन । आखिर उसको तर्कमा दम थियो । ‘कलेज पढ्न घरै छाडेर डेरामा बस्नु पर्ने भएपछि जिल्ला सदरमुकाममा बस्नु र काठमाण्डौंमा बस्नु के फरक छ ? फेरी काठमाण्डौंमा जागिरे दाजु परिवार सहित बस्नु भएपछि त्यो भन्दा ढुक्क अरु के हुन्छ ?’ उसका यस्ता तार्किक कुराबाट बाबु आमाको मुखमा बुझो लाग्यो । काठमाण्डौं जाने रात्री बसमा चढेको सााझ उसको सपनाले आकार लिएको देखी ।
कलंकीचोकमा बसबाट उत्रने बित्तिकै उसलाई लिन आउने दाजु खोज्नु पर्नेमा चारैतिर नजर लगाएर धरहरा खोजी । अहा धरहरा देखिएन । जहााबाट पनि धरहरा देखिन्छ भनेर हजुर आमाले सुनाएको कुरा गलत लाग्यो । बडेमानका अग्ला अग्ला घरहरुले धरहरालाई छेकेकोले देखिने कुरै थिएन । उहीले पशुपतिको यात्रामा आएकी हजुरआमालाई धरहरा छेक्ने अग्ला घर बनि सकेको थाहै थिएन । उसलाई लिन आएका दाजु आफ्नै अगाडि धरहरा जस्तै ठिंग उभिएका देख्दा झस्की । हत्तनपत्त नमस्कार गरी । साथमा ल्याएका लत्ताकपडा र सामानले भरिएको ब्याग ट्याक्सीमा राखे । दाजुबहिनी गफिदै थिए । बिहानको खाली सडकमा ट्याक्सी हुाईकिादै गयो ।
धरहरा हेर्ने धोको भोलिपल्टै भाउजुले पुरा गरिदिईन । फोटोमा मात्र देखेको एउटा सेतो रंगको गोलाकार अग्लो स्तम्भ उसको सामुन्ने थियो । त्यसको उचाईसाग तुलना गर्ने कुरै थिएन । उ त धरहराको अगाडि लिलिपुट थिइ । तर हजुरआमाले किन धरहरासाग तुलना गरेको भन्ने लागि रह्यो ।
तर पनि एउटा प्रेमको बिउ रोपिएको थियो धरहराको नाममा । त्यसको अगाडि नतमस्तक भई । त्यसै त्यसै धरहारा प्रति झन् माया लागेर आयो । मानौं धरहरा उसको प्रेमी हो । धरहरालाई पटक पटक वरीपरी घुमेर हेरी । जताबाट हेरे पनि एउटा गोलो कंचन सेतो स्तम्भ । त्यसलाई अंगालोमा कसौं कसौं लाग्यो । धत् ! यस्तो पनि सम्भव हुन्छ र ? धरहरालाई घेरेको भित्तालाई सुम्सुम्याई । स्पर्श गरी । एकाएक उसमा तरंग पैदा भयो । जसरी प्रथम पटक एउटा पुरुषलाई स्पर्श गर्दा तरंगित हुने गर्दछ तरुनी मन ।
जताबाट हेरे पनि उस्तै देखिने धरहरा धित मरुन्जेल हेरेर भाउजूसागै फर्की । त्यस दिन देखि अचानक मीरामा परिवर्तन आयो । धरहरालाई आदर्शको मानी । धरहरालाई स्थायीरुपमा उसको मनमा स्थान दिई । उसले प्रण गरी एउटा मानिसको उचाई धरहरा जत्रै हुनु पर्दछ । सेतो कंचन धरहरा जस्तै पवित्र मन हुनुपर्दछ ।
धरहरा जत्रै उचाई बनाउन भनेर मेहनत साथ पढी । कलेजपछिको समयमा कम्प्युटर कोर्स गरी । धरहरा जस्तै पवित्र हुनलाई गलत ब्यक्तिसाग संगत गरिन । हरेक पुरुषका आमन्त्रणलाई अस्विकार गरी । पुरुषको ठाउामा धरहरालाई प्रेम गरी । जसलाई उसले प्रेरणाको स्रोत मानेकी थिई ।
पढाईलाई निरन्तरता दिदैं गर्दा एउटा प्रकाशन गृहमा कम्प्युटरमा टाइप गर्ने जागिर पाई । संयोग कस्तो भने त्यो प्रकाशन गृहको नाम पनि धरहरा प्रकाशन थियो । पार्ट टाइम प्रुफ रिडर अनुप र टाइपिष्ट मीराको भेट त्यहीा भयो ।
सागै बसेर प्रुफ रिड गर्ने र उतिखेरै कम्प्युटरमै सच्चायाउने काम नभएको भए उनीहरु त्यति नजिक सायदै हुन्थे होलान् । माया प्रितीका कथाका रोमान्टिक संवादहरु शुद्धाशुद्धी गर्दा गर्दै पेशागत सिमा नाघेको दुबैले पत्तै पाएनन् ।
टाइपिङ गर्दा र प्रुफ हेर्दा कैयौं पटक कविता, कथा र उपन्यासमा विम्बको रुपमा आएको धरहराको आएको थियो । साहित्यकारहरुका आाखाले नदेखेको धरहरा उनीहरुले देख्न थालेका थिए । जे जति कवि साहित्यकारहरुले धरहरालाई विषय बनाएर लेखे त्यो सतही ठान्दथे । वास्तविक धरहरा उनीहरुले मात्र चिनेको ठोकुवा गर्दथिए । हुन पनि किन नहोस् हरेक सााझ खाजा खाने बहानामा धरहरा छेउको क्याफेमा गएर प्रेमको धरहराको उचाई बढाएर फर्कन्थे ।
धरहरालाई छेउबाट हेरेपछि मीरा अत्यन्त खुशी भएको देखिन्थी । निक्कै बेर धरहरालाई तलबाट माथि र माथिबाट तलसम्म हेर्थी । र भन्थी ‘धरहरा जस्तै गर्वका साथ उभिनु पर्दछ । उसको जस्तै ख्यातिका साथ सोही उचाईमा युगयुग बााच्नु पर्दछ । थाहा छ म यो धरहराको प्रतिस्पर्धी हुा । यसैको कारण म राजधानी आउन पाएको छु । मलाई मेहनत गर्न र अगाडि बढन उर्जा दिएको छ । त्यसैले धरहरालाई धेरै माया गर्छु ।’ मलाई कि धरहरालाई घेरै माया गर्दछौ भनेर सोध्ने अनुपले कहिल्यै हिम्मत गरेन ।
त्यो धरहराबाट मीराले के उर्जा र प्रेरणा पाउादथी भन्दिन थिई । जतिपटक धरहरा चढेर आयो उति नै पटक उसमा उत्साह संचार भएको हुन्थ्यो ।
उसाग प्रेम गर्दा गर्दै अनुपले पनि धरहरालाई प्रेम गर्न थालेको थियो । उसलाई पनि धरहरा मन पर्न थाल्यो । कैयौ पटक धरहराको सिाढी सागसागै उक्लिए । छेउको क्याफेमा बसेर गफीको चुस्की सागै कुनै कविका धरहरालाई बिम्ब बनाएर लेखिएका कवितामा छलफल गरे । धरहराको फेदीमा बसेर बदाम खाादै कुनै कवि तथा साहित्यकारले वर्णन गर्न नसको धरहराको सुन्दरताको तारिफ गरे । गाडीको चर्को हर्न, फुटपाथे ब्यापारीको हल्ला र त्यो कोलाहालमा पनि धरहराको अन्तरआत्माको आवाज सुन्दथे ।
मीराकै संगतबाट धरहरा जस्तै उचाई बढाउन पेरणा मिल्यो अनुपलाई । उसलाई अरु भन्दा अलग्गै देखिने इच्छाको बिजारोपण धरहरालाई देखाएर मीराले नै गरी दिई । हो उसैको साथ, केही आर्थिक सहयोगले बिद्यार्थीको रुपमा लन्डन आउन पाएको हो । मेहनतसाथ काम र पढाईलाई सागसागै लैजादा लन्डनको मुटुमा धरहरा भन्दा दुइ गुना अग्लो भवनको माथिल्लो तलामा भर्खरै जागिर पाएर काम सुरु गरेको थियो । त्यती माथि बसेर काम गरे पनि त्यसको उचाईं धरहराको भन्दा बढी छ भनेर मनले कहिलै स्वीकारेन । लन्डनका गगनचुम्बी भवन धरहराको अगाडि होचा लाग्दथ्यो उसलाई । त्यसको एउटै कारण थियो धरहरा प्रतिको अति प्रेम ।
० ० ०
‘नेक्स्ट स्टेशन इज स्वीस कटेज’ । तिब्र गतिमा दौडिरहेको ट्रेनले अब अगाडि आउने स्टेशनको बारेमा जनाउा दियो । सिटबाट उठेर अनुप ढोका छेउमा उभिन पुग्यो ।
स्टेशनबाट बाहिर निस्केपछि फेरी मीराको मोबाइल फोनमा डायल गर्यो । अहा रिंग जाादै गएन । अपार्टमेन्ट नपुगुन्जेल बाटामा नेपालका अन्य टेलिफोन नम्बरमा सम्पर्क गर्ने सबै प्रयास असफल भयो । निरास भएर कोठा पुग्यो ।
भित्र पस्ने बित्तिकै सबै भन्दा पहिले टेलिभिजनमा बिबिसि च्यानल लगायो । भूकम्पले क्षतबिक्षत काठमाण्डौंको दृष्य टेलिभिजनमा प्रत्यक्ष पशारण भइरहेको थियो । सग्ला कुनै घरहरु थिएनन् । धरहरा भूईंमा पछारिएको थियो । भग्नावशेषबाट घाइतेलाई निकाल्दै गरेको विभत्स दृष्य आइरहेको थियो । स्ट्रेचरमा राखेर उपचारको लागि अस्पताल लैजाादै गरेका घाइतेहरुका चित्कार प्रष्टै सुनिन्थ्यो । समयमा उपचार नपाएर छटपटिएकाहरुका कारुणीक दृष्यका अगाडि अन्धो जस्तो लाग्दथ्यो अस्पताल । आधा शरिर बाहिर र आधा च्यापिएका मृतकहरुको हेर्नै नसकिने भयावह दृष्य एकपछि अर्को गर्दै आई रहेको थियो । कुनै एनिमेटड सिनेमाका दृष्य जस्तो लाग्ने भूकम्पले घर हल्लाएको पत्याउनै नसकिने दृष्य देखाउादै थियो रिपोर्टर । उ आत्तियो । च्यानेल फेरेर सिएनएन न्यूज लगायो । त्यसमा पनि उस्तै दृष्यहरु एकपछि अर्को गर्दै आइरहेका थिए ।
टेलिभिजनमा देखाइएको भग्नावशेषमा चिनेजानेका र आफन्तको अनुहार खोज्यो । करिब पााच घण्टासम्म टेलिभिजनका सबै च्यानलमा टुक्राटुक्रा भएर क्षतविक्षत भएको धरहराको भूईंमा मीरालाई खोजिरह्यो । बेला बेलामा नेपालमा फोन सम्पर्क गर्ने प्रयास गरिरह्यो । तर भएन । मन उदास भयो । टेलिभिजन हेर्दाहेर्दै उसका आाखा पोल्न थाले । टाउको बेस्सरी दुख्यो । अनि टिभी बन्द गर्यो । जीवनमा पहिलो पटक उ यति हतास र निरिह भएको ।
मीराले धरहराको सातौं तलामा भएको फोटो फेसबुकमा पोस्ट गरेको छ मिनेटपछि भूकम्प गएको रहेछ । के उसले त्यो फोटो सातौं तलाबाटै पोस्ट गरेकी हो त ? वा तल आएपछि गरेकी हो ? उसको प्रेमको निशानी धरहराको मटियामेट भइसकेको थियो । तर उसको प्रेमिका मीराको अवस्था के होला ? केही अनुमान गर्न सकेन ।
यसपटकको दशैंमा नेपाल गएको बेला मीरालाई साधैको लागि लन्डन ल्याउने योजना थियो उसको । सो प्रयोजनको लागि आवश्यक कागजपत्र बनाउादै थियो । यता ल्याएपछि सबै भन्दा पहिले धरहरा भन्दा अग्ला घर र टावरमा माथि चढाउने कुरा स्काईप र भाइबरमा मीरालाई भनि सकेको थियो । उ पनि लन्डन आउन आतुर थिई ।
लामो समयसम्म टेलिभिजनमा हेरेको भूकम्पको विभत्स दृष्यहरु स्थायीरुपमा उसको मष्तिस्कमा भण्डार भएछन् । ति दृष्यहरु ‘स्लाइड सो’ जस्तै एकपछि अर्को आइरहे । एकाएक उसलाई आध्यारोले छोपे जस्तो भयो । दोस्रो तलामा रहेको उसको कोठा भुकम्पको झट्काले हल्लिए जस्तो लाग्यो । चिटचिट पसिना आयो । उसलाई भाउन्न भएर आयो । हातगोडा लल्याकलुलुक भए । टाउको पानीले भिजाएर सामान्य हुनका लागि बाथरुम जान कोठा बाहिर निस्कियो । गर्लम्म केही लडेको आवाज परसम्म सुनियो ।
० ० ०
‘मिष्टर अनुप, हाउ डु यु फिल नाउ ?’ कसैले उसकै नाम पुकारेर सोधेपछि दायााबायाा हेर्यो । बिस्तारै सबै तिर आाखा लगायो । वरिपरि अन्य बेडमा सुतिरहेका बिरामीहरु र सिरानीको छेउमा डाक्टर र नर्स उभिएको देख्यो । नेपालमा भूकम्प आएर मानिसहरु उपचार गर्न नपाएर छट्पटि रहेका दृष्य टेलिभिजनमा देखेको थियो अनुपले । तर आफू नै नर्थविक हस्पिटलको बेड नं. ११५६ मा स्लाइन पानी लगाएर सुतिरहको पत्याउनै सकेन ।

लन्डन, बेलायत