कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको अध्यक्षमा टिकाराम पाठक

330

कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको अध्यक्षमा टिकाराम पाठक


बुटवल । कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । वन्धुत्वको एकता र विकास हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि पाँचौ राष्ट्रिय अधिवेशन , भन्ने मूलनाराका साथ शनिवार माडी नगर पालिका २ सिम्रहनी चितवनमा सम्पन्न भएको अधिवेशनबाट टिकाराम पाठकको अध्यक्षतामा पदाधिकारीसहित २३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा जीवन पाठक र महिला उपाध्यक्षमा माया पाठक निर्वाचित हुनुभएको छ । यसै गरी उपाध्यक्षमा काशीराम पाठक, भिमलाल पाठक, उद्धप्रसाद पाठक, महासचिवमा डा.गणेश पाठक, सचिवमा केशवमणी पाठक, काषाध्यक्षमा, तेजप्रसाद पाठक, सह–सचिवमा विपिन पाठक निर्वाचित हुनुभएको हो । त्यस्तै गरी सदस्यहरुमा रुक्मागत पाठक, राजेन्द्र पाठक, कृष्ण प्रसाद पाठक र शिवप्रसाद पाठक निर्वाचित हुनु भएको छ । त्यस्तै विभिन्न क्षेत्रबाट निर्वाचित अध्यक्षहरुमा ठाकुर प्रसाद पाठक,यक्ष प्रसाद पाठक झविलाल पाठक, शिव पाठक, मणिप्रसाद पाठक, जयप्रकाश पाठक, सविन पाठक, रामचन्द्र पाठक र लेखनाथ पाठक निर्वाचित हुनु भएको छ ।

त्यसै गरी अधिवेशन बाट लेखा परिक्षण उपसमिति संयोजकमा नविन पाठक निर्वाचित हुनु भएको छ । जसको सदस्यमा धर्मागत पाठक र गोविन्द पाठक निर्वाचित हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष टिकाराम पाठकले देश विदेशमा छरिएर बसेका सहगोत्रीय पाठकहरुमा बन्धुत्वको भावना विकास,आपसी तथा पारीवारिक सद्भाव कायम राख्नका लागि समाज गठन गरिएको र समाजलाई मूर्त रुपमा अंगाडी बढाउनका लागि आफु सदैव लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा चौरासी पुजा गरेका बुवाआमा, जनप्रतिनिधीहरु ,एस.ई.ई.मा उत्कृष्ठ अंक हासिल गर्ने बिद्यार्थी, प्राविधिक विषयमा स्नाकोत्तर गर्ने छात्र÷छात्रा ,विद्यावारिधी गर्ने छात्र÷छात्रा, निजामति सेवामा प्रथम श्रेणि ,पदिय तहमा प्रजिअ,प्रहरी, सुपरिवेक्षक, मेजर तह, जिल्ला न्यायधिस तथा सहप्राध्यापक देखि माथिल्लो तह हासिल गरेका व्यक्तित्व लगायतलाई सम्मान गरिएको थियो ।