विराटनगरको जोगवनी नाकामा झडप हुदा राजेन्द्र महतोको टाउको फुट्यो

1.3K

विराटनगरको जोगवनी नाकामा झडप हुदा राजेन्द्र महतोको टाउको फुट्यो

1937037_1070768426309345_1311973551818080083_nकाठमाडौं– मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट  मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पक्राउ परेका छन् ।

प्रहरीले उनलाई जोगबनी नाकाबाट पक्राउ गरेको घटनास्थलमै रहेका पत्रकार पंकज दासले जानकारी दिए ।हिजो वीरगञ्जबाट विराटनगर पुगेका  महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । तर, त्यहाँ धर्ना प्रहरीले अवरोध  गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर धर्नास्थल खाली गराउन खोज्दा  आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको   छ । सो क्रममा  केहि आन्दोलनकारीसहित उनी  समेत घाइते भएको बताइएको छ ।

यसैबीच अहिलेपनि विराटनगरको रानी भन्सार क्षेत्र तनावग्रस्त छ।