बिरामीलाई फलफूल वितरण

बिरामीलाई फलफूल वितरण

1618523_10205004421261757_1786965143349569581_nबुटवल । मदिरा व्यबसायी संघ रुपन्देहीको स्थापना दिवसको अवसर पारेर संघले जिल्ला अस्पतालमा रहेका बिरामीलाई खाध्य सामाग्रि सहित फलफूल वितरण गरेको छ ।
संघको ८ औं स्थापना दिसको अवसर पारेर संघले शनिबार जिल्ला सदरमुकाम भैरहवा स्थित जिल्ला अस्पताल भिम अस्पतालमा रहेका बिरामीलाई खाध्य सामाग्रि सहित फलफूल वितरण गरेको हो ।
संघका अध्यक्ष सुलोचन ढकालको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष हितराज पन्थी, मेडिकल सुपरिटेण्डेन्ट डा. अनन्तकुमार शर्मा, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष कृष्णप्रसाद नेपाल, कानुनी सल्लाहकार तुलसीराम ढकाल, सहयोगी फूलसिंह क्षेत्री, कार्यक्रम संयोजक मृगेन्द्र गोबिन्द्र श्रेष्ठ सहितको व्यबसायीको टोलीले सो सामाग्रि बिरामीलाई वितरण गरेको थियो ।
बिरामीलाई फलफूल सहितको सामाग्रि वितरण गर्दै अस्पताल बिकास समितिका अध्यक्ष पन्थीले यस्तो सहयोगले उपचारार्थ रहेका बिरामीको आत्मबल बृद्धि गर्न मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा संघका सदस्य भैरहवाका व्यबसायी क्यान्सर ग्रसित शरण कुवरको उपचारार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । संघका सदस्य क्यान्सर रोगको उपचारका क्रममा विगत ४ महिना यता अस्पतालमा रहनुभएका कुवँरको उपचारको लागि संघले उहाँकी श्रीमती नीलु गौचन कुवँरलाई १ लाख १ हजार १ सय ११ रुपैंया सहयोग प्रदान गरिएको सचिव चिरञ्जिवी राउतले बताउनु भयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •