रुपन्देहीकाे तिलाेत्तमामा सुविधासम्पन्न ‘लुम्बिनी वर्ड स्कुल’ सञ्चालन

1.3K

रुपन्देहीकाे तिलाेत्तमामा सुविधासम्पन्न ‘लुम्बिनी वर्ड स्कुल’ सञ्चालन

रूपन्देहीको तिलोत्तमा सुविधासम्पन्न विद्यालय सञ्चालनमा आएकाे छ । यस क्षेत्रका ११ जना युवा व्यवसायीहरुकाे करिव ७० कराेड रुपैयाँ लगानीमा तिलाेत्तमा नगरपालिका वडा नं. १५ मा सुविधासम्पन्न विद्यालय ‘लुम्बिनी वल्ड स्कुल’ सञ्चालन गरिएकाे हाे ।
उक्त विद्यालयका बारेमा जानकारी गराउन शुक्रबार साझ आयाजना गरिएकाे पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष याेगेश घिमिरेले साढे ३ बिगाहा जग्गासहितको संरचनामा विद्यालय सञ्चालन गरिएकाे र विद्यालयकाे मूल भवन निर्माणकै चरणमै रहेकाे बताउनु भयाे ।
काठमाण्डाै उपत्यकाका राम्रामा गनिएका विद्यालयसंग प्रतिस्पर्धा गर्नेगरी सञ्चालन गरिएकाे विद्यालयलाई नम्बर वान बनाईने उहाले दावी गर्नुभयाे ।
नयाँ सञ्चालन गरिएकाे उक्त विद्यालयमा स्विमिङ्, बास्केटबल, भलिवल, फुटसल लगायतका खेल खेल्न मिल्ने मैदान समेत तयार गरिएको छ । अन्तर्राष्ट्रिय बजारबाट दक्षता हासिल गरेर फर्किएका शिक्षक-शिक्षिकाहरूले अध्यापन गराउने उक्त विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म भर्ना आह्वान गरिएकाे छ । त्यस्तै प्रत्यक कक्षामा २० जना मात्रै विद्यार्थी भर्ना गरिने छ । विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद ढकालका अनुसार अहिले १६० जना बिद्यार्थीलाई मात्रै भर्ना लिईने छ । उनीहरुलाई विहान ९ बजे बिद्यालयमा पुर्याईनेछ भने साँझ ६ बजेसम्म विद्यालयमा रहनेछन् ।