नयां संविधानले धेरै कुरा समेटेको छः पौडेल

303

नयां संविधानले धेरै कुरा समेटेको छः पौडेल

ramchandarrपाल्पा ,पुस । नेपाली कांग्रेसका उप सभापति रामचन्द्र पौडेलले नेपाली जनताको ००७ साल देखिको सपना अब पुरा भएको बताउनु भएको छ ।
जनता द्धारा निर्वाचीत प्रतिनिधीको संविधान सभा द्धारा जारी भएको संविधानले महिला ,दलित , मुश्लिम , जनजाती सबैलाई समेटेको छ । त्यसैले अब मुलुक लाई परिवर्तनको दिशा तर्फ बढेको भन्नु भयो ।
नेपाली कांग्रेस पाल्पा द्धारा आईतबार तानसेनमा आयोजित कार्यक्रममा नयाँ संविधानले विभेदको अन्त्य गरेकाले तराइबासीले आधिकारको नाममा आन्दोलन गर्नु गलत भएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले नयाँ संविधानमा तराइबासीको अधिकांश मागलाइ सम्बोधन गरी सकेका र केही माग अब सम्बोधन गर्न सकिने अवस्थामा नाकाबन्दी गरेर तराई तहस नहस गर्न मुलुकलाई बन्धक बनाउने काम गलत भएको भन्नु भयो ।
भारतले पनि अन्तराष्ट्रिय मापडण्ड अनुरुप नाकाबन्दी गर्नु भनेको अन्तराष्ट्रिय मापडण्ड विपरीत भएको उहाको भनाई थियो ।