स्थानीय तह निर्वाचनः बाणगंगा ११ मा कस्ले मार्ला बाजी ? कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा

51

स्थानीय तह निर्वाचनः बाणगंगा ११ मा कस्ले मार्ला बाजी ? कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ११ मा सत्तारूढ गठबन्धनका दलले आसन्न बैशाख ३० गते हुने निर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने सहमति भए अनुसार दलहरुले अलग–अलग उमेद्वार दर्ता गरि चुनावी गतिविधिलाई तिब्र बनाएका छन् । विशेष गरी यस वडामा ३ दल बिच प्रतिष्पर्धा हुने देखिएको छ । जस मध्ये नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र थारुको जित्ने सम्भावना अब्बल रहेको छ । साविक हथौसा गा.वि.स.मा लामो समयदेखि समाजसेवामा सक्रिय नरेन्द्र थारु बाणगंगा–११ को लागि वडा अध्यक्षको उम्मेदवार बनेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा ११ ले उहाँलाई नेपाली काग्रेसका तर्फबाट सर्वसम्मत उम्मेदवार बनाएको हो भने थारु वडाका कांग्रेस वडा सभापति समेत हुनुहुन्छ ।
अध्यक्ष पदका उमेदवार थारु परिवार नियोजनमा ७ वर्ष काम गरेका स्वास्थ्य क्षेत्रका व्यक्ति हुनुहुन्छ । ओदारी मा.वि.को दुई कार्यकाल अध्यक्ष रहेर विद्यालय व्यवस्थापन समितिमा काम गरिसक्नु भएका बनगवा स्थित रोयल एकेडेमी एलायन्सका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । मीठो बोल्ने, मिजासिला सहजै घुलमिल हुन सक्ने, वि.सं. २०५३ देखि वि.सं. २०६७ सम्म मेडिकल पेशामा आबद्ध रही स्वास्थ्य क्षेत्रमा काम गरेकाले पनि उहाँको नाम साविक हथौसा गाविसमा चर्चित छ । थारुहरुको बाहुल्यता रहेको वडामा आफै कांग्रेसको वडा सभापति र वडा अध्यक्ष उम्मेद्वार सर्वसम्मत भएकाले थारु वडा नं. ११ मा अब्बल उम्मेद्वार मानिनुहुन्छ । २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस वडा नं. ११ ले ४ वटा वडा सदस्य जितेको थियो भने वडा अध्यक्षमा नेकपा माओवादीका सोमनाथ अर्याल निर्वाचित हुनु भएको थियो । उहाँसँग प्रतिष्पर्धी गर्नुभएको थियो कांग्रेसका लक्ष्मण कँडेल । वडा अध्यक्ष भइसकेपछि पनि सोमनाथ अर्याल ओदारी मा.वि.को पनि अध्यक्ष बन्ने चाहना राख्नु हुन्छ । विद्यालयको स्वतहः पदेन सहस्य र वडाको सत्तामा रहेका वडा अध्यक्षले चाहँदा चाहँदै पनि अर्याल ओदारी मा.वि.को अध्यक्ष बन्न सक्नु भएन । वडा अध्यक्ष हुने दाउँमा सोमनाथ अर्यालसँगै पराजित लक्ष्मण कँडेल पनि हुन्छन् । रोमाञ्चक कुरा त के भने कँडेललाई पराजित गरेका अर्यालको सत्ता विद्यालय व्यवस्थापन समितिमा उल्टिन्छ र विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कँडेल निर्वाजित हुनुहुन्छ । ओदारी मा.वि. ओदारी क्षेत्रबाटै सबैभन्दा धेरै मतदाता रहेको स्थानबाटै सोमनाथको कुटनीति असफल हुन पुग्छ ।
बाणगंगा–११ का बाम बुद्धिजिवीहरुले गएको स्थानीय तह निर्वाचनमा सोमनाथलाई मीठो बोलीले गर्दा पनि राम्रो मत आएको र निर्वाचित भएको तर यो पटक माओवादीको वडामा संगठन खासै बलियो नभएको साथै थारु वस्तीको बाहुल्यता भएकाले पनि सोमनाथलाई यो पटक निर्वाचनमा कठीन हुने बताउँछन् ।
थारु समुदायको बाहुल्यता रहेको साविकको हथौसा गाविस थारु समुदायमा कांग्रेसका चर्चित उम्मेद्वार लड्नु र कांग्रेस बाणगंगा–११ मा गुट उपगुट नदेखिएकाले यो पटक वडा अध्यक्षमा सोमनाथका लागि फलामको चिउरा चबाउनु पर्ने अवस्था आएको बताइन्छ ।
माओवादीकै एक जना नेताले आफ्नो नाम नबताउने सर्तमा भने सोमनाथको चर्चा पहिलाको तुलनामा घटेको छ, उहाँले सोमनाथ कहिले कांग्रेस प्रवेश गर्ने हल्ला त कहिले एमाले प्रवेश गर्ने हल्लाले पनि उनको व्यक्तिगत छविमा असर गरेकोले कांग्रेसका थारुलाई निर्वाचनमा सहज हुने उहाँको तर्क छ । वडा नं. ११ मा नेकपा एमालेबाट भने चेतनारायण ढकाल प्रतिष्पर्धामा हुनुहुन्छ । गत स्थानीय तह निर्वाचनमा वडा नं. ११ मा कुनै तहमा पनि एमालेले जित हासिल गर्न सकेको थिएन । यद्यपि वडा नं. ११ मा जित र हारको नतिजाको लागि निर्वाचनको नतिजा पर्खनु पर्ने हुन्छ ।