नरेन्द्र थारुको प्रतिवद्धता : वडाभित्रका सवै सडक कालोपत्रे,७० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

200

नरेन्द्र थारुको प्रतिवद्धता : वडाभित्रका सवै सडक कालोपत्रे,७० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार


कपिलवस्तु । नरेन्द्र प्रसाद थारु नेतृत्वको नेपाली काँग्रेसको तर्फबाट वाणगंगा नगरपालिका वडा नं. ११ का उम्मेदवारहरुले वडा भित्रका सवै सडकहरुको स्तरउन्नती गरी कालोपत्रे गर्ने र ,७० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार घर घरमै गएर दिने ब्यवस्था मिलाउने ,अव्यवस्थित, भूमिहिन सुकुम्बासीलाई यथासिघ्र जग्गाधनी पुर्जा व्यवस्था गरिने प्रतिवद्धता गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा काँग्रेस नेता नरेन्द्र प्रसाद थारु र सदस्यहरुमा जग नारायण थारु,वाजबुल लैन,इमकला के.सी.र सावित्रा वि.क. चुनावी मैदानमा हुनुहुन्छ । यो समुह अहिले समुहको प्रतिवद्धता सहित वडाका विभिन्न बस्तीमा मत माग्दै घरदैलोमा छ ।
यो समुहले ल्याएको प्रतिवद्धता पत्रमा इलाका स्वास्थ्यचौकि हथौसामा गुणस्तरीय स्वास्थ्य सेवाका साथै एम्बुलेन्स सेवा उपलब्ध गराइने ,शुद्ध खानेपानिको व्यवस्था गर्ने,प्रत्येक टोलमा पानि निकासको लागि ढलको व्यवस्था गर्ने,टोलमा रहेका सार्वजनिक जमिनको पहिचान गीि वाद उद्यान, जेष्ठ नागरिक उद्यान बनाउने, वडा भित्रका सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसारको शिक्षक दरवन्दी कायम गर्न पहल गर्ने र विद्यालयमा नैतिक शिक्षा, आयुर्वेदिक शिक्षामा जोड दिदै निःशुल्क शिक्षाको अवधारणालाई पुर्णरुपमा लागु गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै वडा भित्र रहेका अधुरा बाटाहरु उत्तर चेतिया देखि दक्षिण चेतिया सम्मको बाटो र मौवारी टोल हथौसा वडा कार्याल देखि घर बुधिया हुदै भडुडिहवा चौकि सम्मको बाटो कालोपत्रे, मैनहरा खेखि देउवापार सम्मको सडकको स्तर उन्नती र कालोपत्रे गर्ने ,बेदौली, विरपुर सडक अन्तर्गत गर्ने मैरी,देउवापार,हथौसा हँदै बरवा सम्मको सडकलाई कालोपत्रे गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै साँस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण,संबर्धनको लागि उचित व्यवस्था मिलाउने, प्रत्येक टोलमा सरसफाई गर्ने, यस वडा भित्र रहेका निम्न वर्गीय जात जातिकाहरुको उत्थानको लागि विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।