भैरहवा, पुष । नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले जारी भएको संविधान राष्ट्रिय सहमति कायम गरि कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
रुपन्देहीको भैरहवामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले संविधान सिघ्र कार्यान्वयन आवश्यक रहेको औल्यादिै यसको लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन । उनले अहिलेको बिषम परिस्थिति राजनैतिक अवश्थाका कारण रहेकोले संविधानको कार्यान्वयन पछि बिस्तारै सामान्य आउने समेत बताए ।
सिटौलाले आम नेपाली जनताको साझा चाहना स्थानिय निकायको चुनाव भएको कारण नेपाली काग्रेसको महाधिवशेन पछि राष्ट्रिय सहमति र त्यसपछि स्थानियका निकायको चुनाव नै पार्टीको मूख्य लक्ष्य रहेको प्रष्ट पारे । कार्यकर्ताहरुले राखेको जिज्ञासाको जवाफ दिदै उनले आवधिक निर्वाचन नियमित भए सबै दल तथा कार्यकर्ताले स्थान पाउने र राजनैतिक स्थिरता कायम राख्न सहयोग पुरयाउने जिकिर गरे ।
फरक प्रसङ्गमा बोल्दै सिटौलाले नेपाल र भारतको सम्बन्ध बिशेष प्रकिृति रहेको हुदा यसलाई अझै बिशिष्टीकृत गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सीमांकन सम्बन्धि बिषय तत्काल सम्बोधन गर्ने बिषय नभई यसलाई राजनैतिक सहमतिको आधारमा नै अगाडी लैजानु पर्ने भएको हुदा मधेशी दलहरुलाई राजनैतिक सहमतिमा आउन समेत आव्हान गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र ३ का सभासद बालकृष्ण खाँणले संविधान कार्यान्वयन गराउन तथा यसको महत्वबारे बुझाउन पनि स्थानिय निकायको निर्वाचनको आवश्यकता रहेको बताए । उनले अहिले पार्टीले क्रियाशिल सदस्यहरुका बिषयमा भएको छानविन चाडो भन्दा चाडो पुरा गर्नु पर्ने बताए । क्रियाशिल सदस्यहरुको बिषयमा पार्टीले गम्भिरतापूर्वक नसोचे यसले युवा कार्यकर्ताहरुमा निराशा जगाई पार्टीलाई नै हानी गर्ने उनको जिकिर थियो ।
नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकांश कार्यकर्ताहरुले पार्टीमा युवा नेतृत्व, भातृ संगठनको निर्वाचन, स्थानिय निकायको निर्वाचन तथा देशको बर्तमान परिस्थितिको समाधानको बिषयमा जिज्ञासा राखेको थिए । कार्यक्रममा तरुण दलका केन्द्रिय अध्यक्ष उदय समशेर जबरा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाबुराम राना लगायतले बोलेको थिए ।