कांग्रेसलाई गतिसिल बनाउन नेतृत्व परिर्वतन- सिटौला

566

कांग्रेसलाई गतिसिल बनाउन नेतृत्व परिर्वतन- सिटौला

bhalaiii

रुपन्देही,पुस – नेपाली काग्रेसका महामन्त्री कृष्ण प्रसाद सिलौटाले सरकारले भुकम्प पिडित जनताको हितमा काम गर्न नसकेको बताउनु भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकार सरकार टिकाउन कै लागि मात्रै मनत्रालय फुटाउने र मन्त्री थप्ने बाहेक कुनै काम गर्न नसकेको बताउदै मुलुकमा सरकार भएनभएको भान हुन नसकेको बताउनु भयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिटौलाले संसदबाट पुन निमार्ण प्राधिकरण सहज रुपमा पारिद भएपनि प्राधिकरण र सरकारका अन्य अंग क्रियाशिल हुन नसकेको बताउनु भयो ।

सबै भन्दा पहिलो कुरा मान्छेको ज्यान बचाउनु हो सरकारले भुकम्प पिडितको ज्यान बचाउने तर्फ कुनै पनि काम गर्न सकेको छैन् महामनत्री सिटौलाले भन्नु भयो यस्तो अबस्थामा सरकार कति दिन टिक्ला ? उहाले सरकार कसैका कारण नभई आफ्नै कारण ढल्ने दावि गर्दै सरकार ढलाउने खेल प्रधानमन्त्रीकै पार्टी भित्र शुरु भएको बताउनु भयो ।

महामनत्री सिटौलाले प्रधानमन्त्री ओली प्रति व्यङग्य गर्दै तिखो स्वरमा धेरै बोल्दैमा केही नहुने उल्लेख गर्दै भुकम्प पिडित र आम नागरिकको पक्षमा काम गर्न आग्रह गर्नु भयो ।

उहाले संबिधान सभाबाट जारी संबिधान कार्यन्वयनका लागि सम्पुर्ण दलहरु विचको राष्ट्रिय एकता अपरिहार्य रहेको दोहोराउनु भएको छ ।

नेपाली जनताको लामो वलिदानी र संर्घषबाट जारी भएको संबिधानको कार्यन्वयनका लागि सम्पुर्ण शक्ति एक हुनु पर्ने अबस्था आएको बताउदै महामन्त्री सिटौलाले त्यसका लागि सरकारले समझदारीको बाताबरण सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रम युनियनका सभापति बिक्रम खड्काको अध्यक्षता र सचिव केविन्द्र नेपालको सञ्चालनमा सम्पन्न भएको थियो । रासस