ब्रसेल्समा आत्मघाती बम बिस्फोट गराउन आयका ६ जना पक्राउ .सुरक्षा स्तरमा वृद्दि

443

ब्रसेल्समा आत्मघाती बम बिस्फोट गराउन आयका ६ जना पक्राउ .सुरक्षा स्तरमा वृद्दि

ब्रसेल्स /बेल्जियम
पुष १५

बेल्जियमको राजधानी ब्रसेल्सको सुरक्षा स्तर कम भयता पनि आतंक कारी हमलाको खतरा भने टरेको छैन | बिभिन्न धम्कीहरु आइरहेका छन | यसै क्रममा सोमबार आत्मघाती बम बिस्फोट गराउन आयका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ | उनीहरुमध्य २ जना मोटर क्लब कमिकाजी राइडर्स का सदस्य रहेका छन | बर्सेल्सको ‘ग्रान्ड प्लेस ‘मा पेरिसमा जस्तै ब्रसेल्समा आत्मघाती हमला गर्ने योजनामा रहेका उनीहरुलाई प्रहरी पक्राउ गरेको हो |उनीहरुले नया वर्षको पुर्व सन्ध्यामा धेरै भिडभाड हुने स्थानहरुमा आक्रमणको योजनामा रहेको अधिकारीहरुले बतायका छन |

उनीहरु नयाँ वर्षको पूर्वसन्ध्यामा मोटरसाइकलमा आयर आत्मघाती बम आक्रमण गर्ने तयारीमा रहेका थिय | तर प्रहरीले उनीहरुको योजनालाइ विफल तुल्याईदियो | उक्त ब्रसेल्सको प्रमुख पर्यटकीय र ब्यापारिक भिडभाड हुने स्थान रहेको छ |उनीहरु इस्लामिक स्टेट संग संग्लग्न रहेको अधिकारीहरुले छानबिनको क्रममा पत्ता लगायका छन |

पक्राउ पर्नेमा २७ वर्षीय मोहमद र ३० वर्षीय सइद रहेका छन | मोहमद पहिले देखि नै आतंककारी गतिविधिमा संग्लग्न रहेको प्रहरीको अनुसन्धान बाट फेला परेको छ | प्रहरीले सो क्लबका अरु ६ जनालाई समेत पक्राउ गरेको छ |उक्त घटना पश्चात ब्रसेल्सको मुख्य ब्यापारिक तथा बजार क्षेत्रमा अहिले सुरक्षा स्तर वृद्धि गरी ‘३’ पुराइयको छ |

पेरिस हमलालगत्तै ब्रसेल्स आक्रमणकै डरका कारण ४ दिन पूरै ठप्प भएको थियो ।

स्कुल, विश्वविद्यालय र मेट्रो रेल सबै बन्द रहे । पेरिस हमलाका मुख्य योजनाकार अब्देलहामिद अबाहुद पनि एक बेल्जियन नागरिक हुन् । उनले केही समयअघि सिरिया यात्रासमेत गरेका थिए ।

यसैगरी बेल्जियन प्रहरीसहित युरोपभरको संयन्त्रले सलाह अब्देसलामको व्यापक खोजी गरिरहेको छ । उनी पनि ब्रसेल्समै जन्मेका हुन् । उनी पनि पेरिस हमलासँग प्रत्यक्ष सम्बन्धित छन् ।

उनका भाइ ब्राहिमले पेरिस हमलाकै क्रममा आफूलाई बमले उडाएका थिए । पछिल्ला वर्षमा बेल्जियमले इस्लामिक अतिवादी घटना नियन्त्रण गर्न संघर्ष गरिरहेको छ ।