लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नेपालमै पहिलो ‘एम डिटी युनिट’ शुभारम्भ

190

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नेपालमै पहिलो ‘एम डिटी युनिट’ शुभारम्भ

समाजमा रहेका उपेक्षितरोगहरुलाई निर्मलीकरण गर्न सहज होस भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नेपालमै पहिलो एम डिटी युनिट अर्थात उपेक्षित उष्ण प्रदेशिय रोग निदान सेन्टरको शुभारम्भ गरिएको छ । उपेक्षित रोगहरु अन्र्तगत कुष्ठरोग, हातिपाईले, जुका, डेङगु चिकनगुनिया, रेविज, सर्पदंश, लुतो, कालाजार, फितेजुका, खग्रेरोग, माईसेटोमा, क्रोमोब्लास्टोमियासिस लगायतका रोग पर्दछन ।
सेन्टरको शुभारम्भ गदै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार मन्त्रालयका सचिव विकास देवकोटाले नेपालमै पहिलो सेन्टर भएकाले यसको प्रभावकारीताको महत्व बढी हुने बताउनु भयो । सेन्टर शुभारम्भ भन्दा पनि त्यसको दीर्घकालिन सेवा प्रदान गर्ने कुरा महत्व पूण हुने भएकाले त्यसमा ध्यान दिन पनि उहाँले अस्पताल प्रशासनलाई निर्देशन गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ट डा. ईन्द्र ढकालले उपेक्षितरोगहरुलाई उपचारमा सहजता र एकद्वार प्रणालीबाट गर्न र गराउने उद्देश्य सहित शुभारम्भ गरिएको र यसको प्रभावकारी प्रयोगमा लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
अस्पतालमा शुभारम्भ गरिएको उक्त सेवाले उपेक्षित रोगहरुवाट बच्ने उपाय उपचारको विधी र रोगका वारेमा सहज रुपमा परामर्श दिने व्यवस्था मिलाईएको सेन्टरका फोकल प्रशन दयासागर पन्थीले बताउनु भयो ।
समारोहमा मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल अस्पतामा शुरु गरिएको सेवाले यस प्रदेशको मात्र नभएर कर्णाली र सुदुर पश्चिम प्रदेशका जनताले समेत फाईदा लिन सक्ने भनाई राख्नुभयो ।