विदेसी ज्वाइको ससुराली देश नेपालप्रति अगाध प्रेम,समाज सेवामा व्यस्त

589

विदेसी ज्वाइको ससुराली देश नेपालप्रति  अगाध प्रेम,समाज सेवामा व्यस्त

सन्तोष न्यौपाने
ब्रसेल्स/बेल्जियम

विगत १८ वर्ष अगाडि उनि टुरिस्ट गाइड बनेर नेपाल आए | ४८ वर्षिय बेल्जिक नागरिकको नेपालि चेलि निता पुनसंग साइनो गसियो | । म्याग्दि जिल्लाको दुर्गम धारा गाविसको चित्रे गाउमा बसेकी निता लाइ पाउल भान्दमोरतेल संग मन पराय |चित्रे मा आफना बुवा आमाले चलाएको लज मा काम गर्दागर्दै पाउल संग को प्रेम सम्बन्ध झाँगिदै गयो | केहि समय पछि पाउलले विवाह प्रस्ताव राखे र आज भन्दा १९ वर्ष पहिले बेल्जिक नागरिक पाउल संग नेपाली चेली निताको विवाह बन्धनमा बाधीय |

सुरुका दिनमा परिवारले उनलाई विदेशि नागरिक सगं विहे गरिदिन मानेका थियनन ।तर पछि निताकै सहमतिमा विहे गरिदिय ।विवाह पश्चात बेल्जिएम बस्न थालेकि नितालाई भाषा लगायत नया सस्कृतिमा घुलमिल हुन लगभग २ वर्ष जति लाग्यो ।उनका सुरुका दिन धृरै आशुमा बिते तर उनका श्रीमान पाउलले उनको कठिनाई बुझेर धेरै सहयोग गरिरहे । छिमेकि तथा आफन्त को नाममा नेदरल्याण्डमा भएकि दिदि सगं कहिलेकाहि भेटन जाने गर्थिन भने दिनहु जसो नेपालमा सम्पर्क भइराख्थ्यो। ”विहे पश्चात म यहा आउदा नेपालि एकदम कम थिय सम्पर्क गर्न गाह्रो थियो ”निता भन्छिन —मनको पिडालाई बुझाउन नेदरल्याण्डमा रहनुहुने दिदिकोमा जाने गर्दथे ।
विगतमा नेपालछदा आफुले २ घण्टा पैदल हिडेर विद्दयालय पढन जानुपर्ने तथा स्वास्थ्य सेवाको पहुच नहुनु जस्ता समस्यालाई उनले बेल्जियम मा रहदा निकै महशुस गरिन । यहाको सर्वसुलभता र नेपालको अभावताले उनलाई निकै दुखित तुल्यायो। तत्पश्चात पाउलकै सल्लाह बमोजिम चित्रे गाउमा सन १९९८ मा प्राथमिक विद्यालय निर्माण गरिदिय । आफनै खर्चमा स्कुल बनाउन सुरु गरि २ घण्टा लगाएर स्कुल जानुपर्ने बाध्यतालाई अरुलाई पर्न दिइनिन ।
त्यसपछि सन २००३ बाट आफनो कामलाई हिमालयन प्रोजेक्ट को नाम दिई देशमा समाज सेवाको सूरुवात गरे उनिहरुले । सुरुका दिन देखि निता र उनका श्रीमान पाउलले बेल्जिएममा केहि फण्ड जम्मा गरेर ,नेपालि हस्त कलाका समान बेचेर तथा नेपालि खानाहरु बेचेर आएको रकम बाट अहिले सम्म प्रोजेक्ट चलाइरहेकि छिन निताले ।
”मैले कति दुख गरेर गरेको छु भन्ने मलाई मात्र थाहा छ तर नेपालमा प्रोजेक्ट विरुद्ध जानेले देख्दैनन दिनभरि ढाड दुखेर पनि देशकै लागि खटेर समान बेच्दै आएकि छु समाज सेवाकै लागि कति रात नसुति पनि गएका छन पत्तै छैन ”निताले भावुक हुदै भनिन ।
अहिले सम्म उनले म्याग्दिको शिख गाविसमा रहेको एक विद्दयालयलाई ४ वटा कम्प्युटर , र५० हजार नगद प्रदान गरिन । त्यस्तै गरि आफनै गाउलेलाई सर्वसुलभ तरिकाले अत्याधुन ल्याव सहितको हेल्थ पोस्ट स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गरेकि छिन उनले । यसबाहेक उनिहरुले म्याग्दिको खिवागं गाविसमा रहेको विद्दयालय को भौतिक संरचना पुननिर्माण ,कास्किको सारगंकोट एक विद्दयालयलाई प्रत्येक वर्षको एकपटक सम्पुर्ण विद्दयार्थिलाई पोसाक उपलब्ध र रुपन्देहिको सितलनगरमा अनाथ बालबालिकाको लागि सहयोग गर्दै आएका छन र यिनि सहयोगहरु उनिहरुले गर्ने निरन्तरता सहयोग रहेको छ । चित्रे मा रहेको विद्दयालयका शिक्षक र हेल्थ पोस्ट का कर्मचारिलाई यिनिहरुले नै पारिश्रमिक दिने गरेका छन ।
नेपालमा सबैलाई विदेशिले डलर ल्याउछ र सहयोग गर्छ भन्न सजिलो छ तथा सहयोग दातालाई नकारात्मक दृस्टिकोणले हेर्ने चलक रहेको छ तर नेपालि चेलि निता र विदेशि ज्वाई पाउल को यो कार्यले यो कुरालाई ठिक उल्टो सावित गरेको छ । उनिहरुले बेल्जिएममा केहि फण्ड जम्मा गरेर ,नेपालि हस्त कलाका समान बेचेर तथा नेपालि खानाहरु बेचेर आएको वार्षिक रकम २२ लाख नेपालि रुपैया नेपालमा सहयोग गर्दै आएका छन । यसमा नितासगै पाउलको ठुलो हात रहेको छ । बेल्जिक नागरिक भएर बेल्जियममा हुने स्थानिय कार्यक्रममा नेपालको संस्कृति रहनसहन गर्नु नौलो कार्य नै रहेको छ । नेपालि समुदायले नेपालको लागि केहि गर्न नसकेको खण्डमा विदेशि ज्वाइले सम्पुर्ण समय यसैमा लगाई नेपाल देशको लागि सहयोग गर्नु महान कार्य मान्नुपर्दछ । सहयोग का क्रममा उनिहरुले निकै दुख बेहोरे ।
सुरुका दिनमा स्कुल निर्माण गर्दा झयालका शिशा फुटाइदिने तथा निर्माण कार्यमा अवरोध गरे । जसको कारण थियो प्रोजेक्ट सञ्चालक माथिको नकाराम्क सोचाईर धारणा।
अझै उनिहरुले विर्सन नसक्ने घटना बारे बताउदै निताका श्रीमान पाउलले भने –म्याग्दिमा सन १९९९ मा विद्दयालय उदघाटन गर्ने दिनमै झयालका सिसा तोडफेड भयो यो सम्झदा एकदम दुख लाग्दछ ।यस कुरालाई राजनैतिक दलका प्रतिनिधिले पनि बुझन सकेनन । सबै पार्टि सगं सल्लाह गरेर मात्र कार्य सुरु गर्नुपरयो उनिहरुले । अहिले सम्म नेपाल सरकारले कुनै सहयोग नगर्नु उनिहरुको लागि दुखद विषय बनेको छ ।
ससुरालि देशमा सहयोग गर्न पाउदा खुसि देखिएका छन पाउल । नेपालमा धरैे सस्थाले सहयोग गर्ने तर त्यसको सदुपयोग एकदम न्युन मात्रामा भएको बताउदै पाउल भन्छन“विकास चौतर्फि हुनुपर्दछ तर केहि सस्थामा मान्छेको राम्ररि भएको छ त्यो सरासर गलत हो यदि दाताहरुको रकम सहि ठाउमा सदुपयोग गर्न सके विकास चाडै सम्भव रहेको छ”।

गत भूकम्प जादा पाउल नेपालमै थिय | नेपालीहरुको पिडालाइ देख्न नसक्ने नेपाली ज्वाई पाउलले तत्कालै राहत प्रदान गर्न कस्सिय | बेल्जियम बाट निता तथा उनका साथीहरुको सहयोगमा नेपालमा लत्ता कपडा ,औषधि उपचार तथा डाक्टरहरुले सक्दो सहयोग प्रदान गरे | उनले यो बाहेक नेपालका विभिन्न ठाउहरुमा अहिले शिक्षा ,स्वस्थ्य क्षेत्रमा सहयोगी कार्यहरु गर्दै आयका छन |

अहिले आफनो ८ वर्षिय छोरा ओम लाई पनि नेपालकै समाजसेवामा लगाउने निताको ठुलो धोको रहेको छ । छोराले नेपालि नभुलोस भनेर दिनहुन नेपालि पनि उनि सिकाइरहेकि छिन । विगत १२ वर्षदेखि नेपालको लागि समाज सेवा आवद्ध नेपालि चेलि निता पुन र नेपालि ज्वाई बेल्जिम नागरिक पाउल भान्दमोरतेल जो बेल्जियममा हुने कार्यक्रमहरुमा सहभागि भएर नेपालि हस्तकला तथा अन्य सामाग्रिहरु र नेपालि खाना बेचेर नेपालमा वर्षेनि लगभग २२ लाख जति सहयोग गर्दै आएका छन । उनीहरु सबैका लागि सम्मानका पात्र बनेका छन |