मुल्यबृद्धिको विरोधमा नेविसंघसहित विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

1.3K

मुल्यबृद्धिको विरोधमा नेविसंघसहित विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

ईन्धनमा भएको मुल्यबृद्धिको बिरोध गर्दै नेपाल विद्यार्थी संघ सहित १५ विद्यार्थी संगठनहरुले नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोल, ग्याँस लगायत ईन्धनमा भएको मुल्यबृद्धिको बिरोध तथा मुल्यबृद्धि फिर्ताको मा गरेर ती विद्यार्थी संगठनहरुले बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा नेपाल आयल निगम घेराउ गरेका हुन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काँग्रेस सत्तामा होस वा सत्ता बाहिर हुँदा पनि नेबिसंघ जनता र विद्यार्थीको पक्षमा उभिने बताउनु भयो । मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी रहने र मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने दावी गर्नुभयो ।
गएको आइतबार रातिदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपियाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको प्रति सिलिण्डर दुई सय रुपियाँ बृद्धि गरेको थियो ।