जेसिस अध्यक्षमा विजयी पोख्रेललाई बुटवलमा स्वागत

799

जेसिस अध्यक्षमा विजयी पोख्रेललाई बुटवलमा स्वागत

राम प्रसाद भण्डारी

बुटवल,पुस । नेपाल जेसिजको वर्ष सन २०१६ कालागि नवनिर्वाचित राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेललाई बुटवल जेसिजले अभिनन्दन गरेको छ । बुटवल जेसिजका पूर्व अध्यक्ष पोखरेललाई सन २०१६ कालागि राष्ट्रिय अध्यक्ष पदमा बुटवल जेसिजले नै अंगाडी सारेको थियो । यहि पुसको १०, ११ र १२ गते महेन्द्रनगरमा भएको ४२ औं राष्ट्रिय महाअधिवेशनबाट भारी मतका साथ पोखरेल नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको हो । बुटवल जेसिजले बुधबार आयोजना गरेको बिजयोत्सव तिनाउ पारी फूलवारी चोकबाट सुरु भई बुटवल नगर परिक्रमा गरि जेसिज भवनमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो । औपचारिक कार्यक्रममा बुटवल जेसिजका अध्यक्ष कृष्णदेव भण्डारीले बुटवल जेसिजले देखेको एउटा सपना पुरा भएको उद्घोष गर्नुभयो ।कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पोखरेलले आफू १८ वर्षको हुँदादेखि जेसिज अभियानमा लागेको र आफू राष्ट्रिय अध्यक्ष भईरहँदा समाजमा देखिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसमा साथ दिनकालागि कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा उहाँले आफूलाई जिताउनकालागि सहयोग गर्ने सहयोगी प्रति खुलेरै प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल जेसिज वर्ष सन २०१५ का अध्यक्ष धनन्जयकुमार श्रेष्ठले नवनिर्वाचित अध्यक्ष पोखरेल योङ्, ईनर्जेटिक व्यक्ति भएकाले जेसिज अभियानमा एउटा ईटा थप्न सक्ने बिश्वास व्यक्त गर्नुभयो । त्यस्तै पूर्व राष्ट्रिय अध्यक्ष तथा पूर्व अन्तर्राराष्ट्रिय उपाध्यक्ष अनुपमान सैंजुले पोखरेल कर्तव्यनिष्ट व्यक्त भएको उल्लेख गर्दै अभियानमा आवश्यक परे आफूले बटुलेका अनुभव र अन्य आवश्यक सहयोग प्रदान गर्न तत्पर रहेको बताउनु भयो । कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष बिनोद सुवेदी, यमकुमारी सुवेदी, बुटवल महिला जेसिजकी ज्ञानधरा पन्त, भलवारी जेसिजका अध्यक्ष रमेश पराजुली, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्का, बुटवल जेसिजका पूर्व अध्यक्ष प्रदिपकुमार उदय, पश्चिम नेपाल बस व्यबसायी संघका अध्यक्ष दधिराम खरेल, बुटवल जेसिजका महासचिव राजेन्द्रबहादुर जिसीलगायतले शुभकामना व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष पोखरेलकालागि एउटा राम्रो अवसर प्राप्त भएको र यो अवसरलाई सार्थक निष्कर्षमा पु¥याउन सके मात्रै यो उचाईमा पुगेको अर्थ राख्ने बताउनु भएको थियो । सन १९६४ मा नेपाल जेसिज स्थापना भएको थियो भने त्यसको १० बर्ष पछि सन १९७४ मा बुटवल जेसिज स्थापना भएको थियो । नेपाल जेसिजको शाखाको रुपमा कार्यरत बुटवल जेसिजबाट सन २००७ मा अनुपमान सैजु राष्ट्रिय अध्यक्ष हुनु भएको थियो भने सन २००८ मा नै अन्तर्राष्ट्रिय उपाध्यक्ष भई बुटवलको एउटा गरिमा बनाउनु भएको थियो । आफ्नो गरिमालाई अझै माथी उठाउनकालागि सन २०१५ का महासचिव रहेका पोखरललाई बुटवल जेसिजले २०१६ कालागि राष्ट्रिय अध्यक्षमा अंगाडी सारेको थियो ।