गुल्मीदरबारमा गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा

99

गुल्मीदरबारमा गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा

प्रविण गाहा /

गुल्मीको गुल्मीदरबार गाउंपालिकाले गर्भवती महिलालाई प्रशुती सेवाको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
गाउं कार्यपालिकाको पहिलो बैठकले प्रशुती सेवा निःशुल्क गर्ने निर्णय गरेको हो । गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रशुती लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको पालिकाका अध्यक्ष सरोज थापाले जानकारी गराउनुभयो । तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिर समेत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने थापाले बताउनुभयो । निःशुल्क सेवा लिनको लागि गुल्मीदरबार गाउंपालिका भित्रको नागरिक हुनुपर्ने शर्त रहेको छ । पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पालिकाले गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्स निःशुल्क गरेको निर्णयले गरिब, विपन्न परिवारले लाभ लिने पालिकाका उपाध्यक्ष तारा थापा ढेंगाको विश्वास छ । यसले घरमै असुरक्षित तरिकाले गरिने प्रशुतीलाई निरुत्साहित गरि स्वास्थ्य संस्थामा प्रशुती गर्न प्रोत्साहन गर्ने उहांको विश्वास छ ।
त्यस्तै पालिकाको पहिलो बैठकले मनसुन संगै आउने विपद्बाट बच्न पुर्वतयारी गर्ने निर्णय गरेको छ । त्यसको लागि त्रिपाल, जस्तापाता, पाइप खरिद गर्ने गर्ने निर्णय गरेको हो । वर्षायाममा पहिरो पन्छाउन, सडक मर्मत संभार गर्न प्रत्यृेक वडामा तीन जनाको दरले कामदार खटाउने निर्णय भएको हो ।
त्यसैगरी अध्ययन अवलोकन भ्रमणको आठ लाख असहाय, अशक्त, आर्थिक रुपमा विपन्नको उपचार शिर्षकमा रकमान्तर गरेको छ ।