रोहीणी बस दुर्घटनाप्रति कांग्रेस रुपन्देहीद्वारा दुुःख ब्यक्त

1.3K

रोहीणी बस दुर्घटनाप्रति कांग्रेस रुपन्देहीद्वारा दुुःख ब्यक्त


रुपन्देहीको रोहीणीमा आईतवार बिहान भएको बस दुर्घटना प्रति नेपाली कांग्रेस रुपन्देहीले दुुःख ब्यक्त गरेको छ । जनपुरबाट भैरहवा आउदै गरेको यात्रुुबहाक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो । भने २४ जना घाईते भएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणले घाईते र मृतकका आफन्तलाई भेट गरी घटना प्रति दुःख ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । सभापति खाणले भैरहवा स्थित भिम अस्पतालमा मृतकका आफन्तालाई भेट गर्दै अकल्पनीय रुपमा घटना भएको भन्दै मृत आत्मको चिरसान्तीको कामना गर्दै परिवारजन प्रति समबेदना ब्यक्त गरे । त्यस्तै मेडीकल कलेजमा उपचाररत घाईतेहरुलाई भेट गरी उनले सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदीन अस्पताल प्रशासनलाई आग्रह गरे । जनताको दुःख सुखमा कांग्रेस सधै एक साथ रहने भन्दै उनले उपचारमा कुनै कमी आउन नदीन अस्पताललाई आग्रह गरेका हुन् ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।