के तपाई बेल्जियममा स्थाई बसोबास गरिरहनु भयको छ ? बेल्जियममै कुन पेशा वा ब्यबसाय अथवा बिद्यार्थीको रुपमा अध्ययन गर्दै हुनुहुन्छ ?यदि त्यसो हो भने आफ्नो मिल्नसक्ने जानकारी दिन नछुट्नुहोला | गैर आवासीय नेपाली संघ बेल्जियमले बेल्जियममा वसोवास गरिरहेका नेपालीहरु तथा यहाको नागरिक भैसकेका नेपाली मुलक बेल्जिक नागरिकहरु र उनीहरुको परिवारको बारेमा जानकारी संकलन गर्न गैरहेको छ | संघले यो डाटा बाट बेल्जियममा कति नेपाली रहेछन भन्ने निर्क्यौल निकाल्ने तयारी गरिरहेको छ |
ठ्याक्कै बेल्जियममा नेपाली कहिलेदेखि स्थाई रुपमा वस्न लागे भन्ने कुराको सवै अनविग्य नै रही आयका छन | विगत माओवादी सस्त्र द्वन्द पश्चात बेल्जियममा शरण लिने नेपालीहरुको संख्या ह्वात्तै बढेको थियो | केहि समय पछि रेगुलाइजेसन को माध्यमबाट धेरैले स्थाई कागजातको अनुमति पाय | त्यसको अलावा समय समयमा विभिन्न माध्यम हुदै नेपालीहरु शरण लिने क्रम जारि रहयो र त्यस मध्यका कहिले स्थाई वसोवासको अनुमति पाय | कति पय पोर्चुगल,फ्रान्स ,जर्मनी,लगायतका देशहरु बाट यतै वसाई सरे | तर कहा कति नेपाली बस्छन भन्ने डाटा कोसैसंग भने रहेको छैन | सवैले अनुमानको भरमा संख्या तोक्ने मात्रै गरेका छन् | तसर्थ यो अनुमानलाई पूर्णता दिन अहिलेको एन आर एन कमिटि तदारुकताका साथ लागि परेको छ |
बेल्जियममा नेपालि युवा र बालबालिकाहरुको संख्या पनि उत्तिकै मात्रामा रहेको छ | कतिपय स्कुल अध्ययन गरिरहेका छन भने कतिपय विश्वविद्यालयमा अध्ययन गरिरहेका छन | यसको सवै जानकारी संघले संकलन गर्न गैरहेको छ | ‘यो कार्यबाट हामि विद्यार्थीको विस्तृत जानकारी लिनेछौ र नेपालीहरु कुन कुन पेसामा कार्यरत छन भन्ने पनि निकाल्ने तयारीमा छौ |’संघका महासचिव लोक प्रसाद दाहालले भन्नुभयो ‘यसको लागि स्थानीय नगरपालिका .नेपाली संघसस्था र नेपाली दुताबासको सहयोगका साथ अगाडी बढेका छौ |’ दाहालले सबै नेपाली जो स्थाई रुपमा बेल्जियम बस्दै आयका छन उनीहरुलाई फर्म भरेर आफ्नो र परिवार भय परिवारको मिल्नसक्ने सम्म जानकरी दिन अनुरोध गर्नुभयको छ |
एन आर एन बेल्जियममा गठन भयको थुप्रै भैसक्यो तर पनि यो भन्दा अगाडिको कमिटीले विभिन्न समस्याका वावजुत यो कार्यलाइ अगाडी बढाउन सकेनन | यहाँ संघ सस्थाहरुको आफ्नै समस्याले यो अभियान प्रति ध्यान नै गयको देखियन | प्रत्येक क्षेत्रमा रहेका एन आर एन का क्षेत्रीय कमिटि भित्र रहेका साथीहरु तपाइहरुको घर दैलो कार्यक्रमका साथ आउदैछन | तसर्थ अहिले थालियाको यो महत्वपूर्ण डाटा संकलन कार्यमा सबैले सहयोग गरिदिनको एन आर एन बेल्जियमले अनुरोध गरेको छ |