मेडिकल ल्याबाेराेटरी एशाेसियशन अफ नेपाल (मेलान) काे स्थापना दिवसकाे अवसरमा ल्याव परीक्षणमा विशेष छुटकाे व्यवस्था गरिएकाे छ ।
संस्थाकाे सत्राैं स्थापना दिवसकाे अवसरमा बिहिबार बुटवलमा सुगर परीक्षणलाई निशुल्क गरिएकाे र अन्य प्रकारका परीक्षणमा २५ प्रतिशत छुटकाे व्यवस्था मिलाईएकाे मेलान रुपन्देहीका अध्यक्ष नारायण पाैडेलले जानकारी दिनुभयाे ।
विभिन्न ल्यावहरुकाे सहयाेगमा बुटवलका छ वटा प्रयाेगशालाबाट याे सेवा प्राप्त हुने र अरु ल्यावलाई पनि याे अभियानमा जाेडिन उहाँले आग्रह गर्नभयाे । उहाँका अनुसार बुटवलका नेशनल प्याथल्याव, थाईराे ल्याव, जेनाेमिक डायग्नाेसिस सेन्टर, तिनाउ प्रयाेगशाला, बुटवल डायग्नाेसिस सेन्टर, मेडिक्रस ल्याव, काठमाण्डाैं हेल्थ केयर प्रयाेगशाला र आभास ल्यवले विहिबार एक दिनकाे लागि याे सेवा उपलब्ध गराउने छन् ।