मेलानको स्थापना दिवस : बुटवलमा दुई सय बढीको निशुल्क सुगर परीक्षण

77

मेलानको स्थापना दिवस : बुटवलमा  दुई सय बढीको निशुल्क सुगर परीक्षण

मेडिकल ल्याबोरोरेटरी एशोसियशन अफ नेपाल (मेलान) को स्थापना दिवसको अवसरमा बिहिबार बुटवलमा दुई सय जना बढीको निशुःक सुगर परीक्षण गरिएको छ ।
मेलानको १७ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा रुपन्देहीको आयोजना र यस क्षेत्रका विभिन्न प्रयोगशालाहरुको सहयोगमा निशुल्क सुगर तथा अन्य परीक्षणको शुल्कमा २५ प्रतिशत छुट गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराउनु भयो ।
मेलानको आयोजनामा भएको यो कार्यक्रममा यस क्षेत्रमा प्रयोगशालाहरु थाईरो ल्याव, नेशनल प्याथल्याव, जेनोमिक डायग्नोस्टीक सेन्टर, तिनाउ प्रयोगशाला, बुटवल डायग्नोस्टीक सेन्टर, मेडिक्रस डायग्नोस्टीक सेन्टर, बुटवल प्रयोगशाला, काठमाण्डौं हेल्थ केयर प्रयोगशाला र आभास प्रयोगशाला लगायतका ल्यावहरुमा स्याम्पल परीक्षण गरिएको थियो ।
यस अवसरमा मेलान रुपन्देहीले आयोजना गरेको यो अभियानमा जोडिने सबै प्रयोगशाला र प्रयोगशालाकर्मीहरु प्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।