बुटवलको प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिबिर : ८७५ जनाको स्वास्थ्य परीक्षण

148

बुटवलको प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिबिर : ८७५ जनाको स्वास्थ्य परीक्षण

बुटवल उपमहानगरपालिकाको वडा नं. ११ प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ । रोटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे आयोजनामा बुटवलको प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिबिर गरिएको हो ।
शनिबार गरिएको शिबिरमा जनरल फिजिसियन डा. नन्दु पाठक, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सतिस रुपाखेती, दाँत रोग विशेषज्ञ डा. पुनम सुनार, आँखा रोग विशेषज्ञ डा. विश्वास भण्डारी, डा. सुसान्त श्रेष्ठ, डा. कमल कार्की लगायतको स्वास्थ्यकर्मीको टोलीले शिबिरमा आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
क्लवका भगिनी क्लवहरु रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ देवदह र रोट्रयाक्ट क्लव अफ सुद्धोदनको समेत सहकार्यमा बुटवल ११ प्रगतिनगरको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा भएको शिबिरमा सरदर ८७५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लवका सचिव तथा शिबिरका संयोजक निराजन पोखरेलले जानकारी गराउनु भयो ।

शिबिरमा स्वास्थ्य परीक्षण गराएकाहरुले घर आगनमै सेवा लिन पाउँदा खुसी भएका थिए । शिबिरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्व भएपनि क्लव तथा सामाजिक संघसंस्थाले घरदैलोमै पुगेर शिबिर सञ्चालन गरेर सरकारले गर्ने काम गरेको बताउनु भयो । सामाजिक काममा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउँदै सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम पनि दुर्गम तथा पिछडिएको क्षेत्रमा गर्न उहाँले सुझाव दिनुभयो ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाइँले क्लवको वार्षिक कार्यतालिका अनुसार स्वास्थ्य शिबिर गरिएको र बुटवलकै पछाडि गरेको क्षेत्रलाई छनौट गरिएको जानकारी गराउनु भयो । उहाँले शिबिरमा स्वास्थ्य सेवासंगै स्वास्थ्य परामर्श पनि हुने भएकाले यसबाट शिबिरमा आउनेले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरीका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, एसाईन एजी देवी गुरुङ, प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जीतबहादुर मल्ल, किड्स प्रोजेक्टका कार्यकारी प्रमुख कृष्ण द्विवेदीलगायतले शुभकामना सहित भनाई राख्नुभएको थियो । कार्यक्रम क्लवका सचिव तथा कार्यक्रम संयोजक निराजन पोखरेलको सञ्चालनमा भएको थियो ।