भारतीय दूताबासमा धर्ना दिने ३५ अधिकारकर्मी पक्राउ

261

भारतीय दूताबासमा धर्ना दिने ३५ अधिकारकर्मी पक्राउ

Krishna-Pahadiकाठमाडौं । लैनचौरस्थित भारतीय दूताबास अगाडि धर्ना दिने ३५ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।मानवअधिकार तथा शान्ति समाजको आहृवानमा अधिकारकर्मीहरुले भारतीय नाकाबन्दीविरुद्ध शुक्रबार दिउँसो भारतीय दूताबासमा धर्ना दिएका थिए ।धर्ना सुरु भए लगतै प्रहरीले कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई पक्राउ गरेको छ ।पक्राउ परेका अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।